काठमाडौँ । २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिनुभएको छ । नेपालसँगै यो ग्रहण युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिने छैन । खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ । बी।पी। कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर, काठमाडौंका कार्यकारी निर्देशक डा। सनतकुमार शर्माका अनुसार ग्रहणको समयसूची
(नेपाली समय अनुसार), विरल छायाँले ढाक्न सुरु गर्ने स् २२ गते राति ९ः१३ बजे, खग्रास सुरु (सघन छायाँले ढाक्ने) २२ गते राति ११ः१५ बजे, ग्रहणको मध्य : २२ गते राति ११ः५६ बजे, खग्रास समाप्त (सघन छायाँले हट्ने) २३ गते बिहान १२ः३७ बजे, विरल छायाँ हट्ने : २३ गते बिहान २ः४० बजे , जम्मा अवधिः ५ घण्टा २७ मिनेट
चन्द्रग्रहण देखिने कारण
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वी बीचमा आउँछ । यस क्रममा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो घटना पूर्णिमाको रातमै हुने गर्दछ ।
अवलोकन र प्रभाव
चन्द्रग्रहण खाली आँखाले नै सजिलै अवलोकन गर्न सकिन्छ । वैज्ञानिक अध्ययनअनुसार ग्रहणको मानव जीवनमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने प्रष्ट तथ्य उपलब्ध भएको छ ।