Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । भ्रष्ट्राचार र सामाजिक सञ्जल बन्दको विरुद्धमा भन्दै गरिएको जेन जी पुस्ताको प्रर्दशनपछि अहिले नेता कसलाई मान्ने भन्ने विषयमा चर्को बहससंगै विभाजन समेत भएको छन् । युवापुस्ताहरुको आ–आफ्नै अडान र आआफ्नै व्यक्तीलाई नेता बनाउनु पर्ने अडान लिएपछि बुधबार राती जंगीअड्डा बाहिर भनाभन हुदै हात हालाहालको अबस्थामा समेत पुगेको थियो । नेपाली मिडियालाई दृष्य खिच्न प्रतिबन्द लगाउन आएको जेन जी पुस्ताका केही युवाहरुले भने भारतिय मिडियालाई भने विना रोकतोक दृष्य खिच्न दिएका थिए ।

जंगीअड्डा भएको अनौपचारिक बार्ताको विवरण सुनाउदै गर्दा अर्को समुहको जेनजी पुस्ताले यो संविधान मान्दैनौ, हामीले भनेको हुनुपर्छ भन्दै विरोध गरेपति अबस्था झडपको अबस्थामा पुग्नै लागेको थियो । सवै पक्ष सहमत नभएपछि बुधबार राती विना निष्कर्ष जेन जी पुस्ता लाखापाखा लागेका थिए । १५/२० जनाको संख्यामा सेनाको मुख्यालय प्रवेश गरेका उनीहरु देशको भविष्य गणतन्त्र वा राजतन्त्र के हुने भन्ने विषयमै विभाजित भएको र सो पदमा कस्लाई पठाउने भन्नेमा केन्द्रीत भएक थिए ।

आन्दोलन गर्नु पुर्व विना विकल्प सडक उत्रेका जेन जी प्स्ता अहिले नेता कसलाई बनाउने भन्ने खेलमै अलमलिन पु्गेको छ । जसले गर्दा देश अहिले अनिर्णयको बन्दी बन्न पुगेको विश्लेषकहरुले बताएका छन् । जंगीअड्डामा चलिरहेको छलफलबाट बाहिर निस्किएकी रक्षा बमले आन्दोलनको न्यूनतम मर्मविरुद्ध छलफल अघि बढाइन थालेपछि आफू र केही साथीहरु बाहिरिएको भन्दै अभिव्यक्ती दिएपछि बाहिरको माहोल आक्रोशित भएको थियो ।

बलमे छलफलमा राजतन्त्र फर्काउने प्रस्ताव गरिएको बताउनु भएको छ । सैनिकले माईकिङ गरि प्रधानसेनापति अशोकराज सिग्देलको निर्देशनमा धेरैजना वार्तामा बस्दा कठिनाइ हुने भन्दै पहिले एकमत भएर आउन जेन जी पुस्तालाई विहिबारको समय दिएको थियो । सेना प्रमुख सिग्देलले जेनजीतर्फबाट वार्ताका लागि संयोजक समेत तोकेर आउन समेत भन्नु भएको बताइएको छ । सेनापति सिग्देलले बार्ताकालागि आउनेको संयोजक नै तोकि आउन भनेपछि अहिले जेन जी पुस्ता नेता नै कस्लाई बनाउने भन्ने विषयमा विभाजित हुन पुगेका छन् भने समयमा जेनजी पुस्ताले संयोजक तोक्न नसके सेनाले स्वाघोषित सरकार बनाउन सक्ने समेत अबस्था सृजना भएको बताइएको छ ।

केही जेनजी पुस्ताका युवाले अहिलेकै संसद्बाट निकास निकाल्नुपर्ने मत राखेका थिए भने अर्को समुहले त्यो प्रस्तावलाई अस्वीकार गर्दै सुसिला कार्की र दुर्गा प्रसाईका विरुद्धमा नाराबाजी समेत गरेका थिए । नेपाली सेनाले अहिले वार्ता चलिरहँदा रास्वपा र दुर्गा प्रसाईं समेट्न खोजेपछि जेन जी पुस्तामा आशंका समेत उत्पन्न भएको बताइएको छ ।सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए ।

मंगलबार प्रशासनको कफ्र्यूबीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी गरेर जेनजी युवा नाराबाजीसहित अन्यत्र हिँडेका थिए । आन्दोलनका क्रममा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा आगजनी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0