वि.सं.२०८२ साल भाद्र २६ गते । बिहीबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–चतुर्थी, २५ घडी २८ पला, दिउसो ३ बजेर ५९ मिनेट उप्रान्त पंचमी। नक्षत्र–अश्विनी, ३० घडी ४३ पला, बेलुकी ६ बजेर ४ मिनेट उप्रान्त भरुणी । योग– ध्रुव, ४० घडी ३२ पला, रातको १० बजेर ० मिनेट उप्रान्त व्याघात । करण–बालव, दिउसो ३ बजेर ५९ मिनेट उप्रान्त कौलव, रातको २ बजेर ४७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मेष । चतुर्थीश्राद्ध ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ११ मिनेट । दिनमान ३१ घडी १ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
- बिहान ५ बजेर ४८ मिनेटदेखि बिहान ७ बजेर २० मिनेटसम्म रोग बेला ।
- बिहान ७ बजेर २१ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर २७ मिनेटदेखि बिहान ११ बजेर ५९ मिनेटसम्म लाभ बेला ।
- मध्यान्ह १२ बजेर ० मिनेटदेखि दिउसो १ बजेर ३२ मिनेटसम्म अमृत बेला ।
- दिउसो १ बजेर ३३ मिनेटदेखि दिउसो ३ बजेर ६ मिनेटसम्म काल बेला ।
- दिउसो ३ बजेर ७ मिनेटदेखि बेलुकी ४ बजेर ३९ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ४ बजेर ४० मिनेटदेखि बेलुकी ७ बजेर ३९ मिनेटसम्म अमृत बेला ।
नोट: शुभ कार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १ बजेर ३२ मिनेटदेखि दिउसो ३ बजेर ५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ११ मिनेटदेखि बिहान ४ बजेर ४९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा आउने समस्याका कारण कामहरू प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुँदा आँटिला तथा पराक्रमी क्रियाकलाप पछि परिनेछ । समाजमा तपाईँको कामको आलोचना हुनेछ । आफन्त तथा पूर्वजहरूसँग सामान्य कुरामा पनि ठुलै मतभेद रहनेछ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य विवाद सिर्जना भए पनि अन्तमा एक अर्कालाई विश्वास गर्दै छुट्टिन पाउँदा मन प्रसन्न रहनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट केही मात्रामा लाभ लिन सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । कारण बस अध्ययनमा बाधा तथा अवरोध हुनेछ ।
- कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । तर पनि अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिने छैन । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ । खाद्यान्न तथा औषधीजन्य व्यापारमा थोरै भए पनि लाभ हुनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा काम लिनको लागी केही समय कुर्नु नै पर्नेछ । यात्रा गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यक्तिगत स्वास्थ्य तथा वैराग्य भाव त्यागेर अगाडि बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । आलस्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरे पनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा प्रविधिको सहयोग लिन सकिनेछ । प्रेममा धोका हुनसक्छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित व्यवसायबाट थोरै भए पनि लाभ हुनेछ । आÏनै मेहनतले जीवन शैलीमा परिवर्तन गर्न सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बिलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेममा रमाउने चाहनेहरूका लागी समय मध्यम रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउने सक्छ । प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा खिन्न हुनेछ । आउने ठाउँबाट रकम नआउनाले लगानी गर्ने अवसर टरेर जानेछ । तर पनि अध्ययनमा प्रविधिको प्रयोग गर्न सकिनेछ । काम वा व्यवसायमा लगानी गर्नको लागी केही समय कुनु नै राम्रो रहनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन तथा अध्यापनमा प्रविधिको सहयोगले उपलब्धि हासिल गर्न सकिनेछ । काम गर्ने वातावरण बन्नेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा बिलासी वस्तु प्राप्तिको योग रहेको छ । सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाइनेछ भने वंश वृद्धिको योग रहेको छ । यात्रा गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्यम रहेकोले व्यापारमा लगानी गर्नको लागी केहि दिन कुर्नु नै राम्रो रहनेछ । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नजिक हुँदा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने योग रहेको छ । राजनीतिज्ञको लागी समय मध्यम रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी गर्न सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । खाद्यान्न तथा औषधीजन्य व्यवसायबाट लाभ लिन सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । काम गर्ने वातावरण बन्नेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन् । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागी समयले साथ दिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।