काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलको विस्तार गर्नुभएको छ । उहाँले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्तीकालागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सिफारिस भई आएका मन्त्रीलाई शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालय जेन जी को आन्दोलनका क्रममा जलाएपछि मन्त्रीहरुलाई शीतल निवास परिसरमा टेन्टमुनि राखेर सपथ खुवाइएको छ । गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्की नियुक्त हुनुभएको थियो । भने मन्त्री नियुक्तिमा आफुलाई नसोधेको भन्दै जेन जीको लिडर भनेर परिचय दिदै आएका सुदन गुरुङ सहितको समूहका आइतबार बालुवाटारमा प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै प्रर्दशन समेत गरेका थिए ।