Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोच बमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिनुभएको छ । सिंहदबारमा उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफू पदको रसास्वादन गर्न नभई युवाको चाहना बमोजिम सेवा गर्न आएकाले छ महिनाभित्र निर्वाचनबाट नयाँ संसद्लाई जिम्मेवारी दिने उदेश्यका साथ आएको समेत बताउनु भएको छ । “कुन परिस्थितिबाट अन्तरिम सरकार बन्यो यहाँलाई विदितै छ ।

ठुलो जनधनको क्षति भएको छ । मुख्य निकायका प्रमाण र अभिलेख नष्ट हुँदा शून्यमा पुगेका छौँ । सुरक्षा निकायलाई दिइएका सवारी साधन जलेका छन् । हत्याहिंसा भएको छ । अत्याश्यक निकायलाई छानीछानी आक्रमण गरिएको छ । यसको अनुसन्धान हुन बाँकी छ”, उहाँले भन्नुभयो, “नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । हाम्रा मुख्य भवनहरू अनुहार देखाउन नमिल्ने भएका छन् । यो षडयन्त्र नियोजित हो कि भन्ने लागेको छ । अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0