काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्नु भएका डा रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गर्नुभएको छ । उहाँले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा समेत नलिने घोषणा गर्नुभएको बताइएको छ । उहाँले ‘तलब बाहेक अरु केही पनि सुविधा भन्दै गरेको घोषणा भने कतिको कार्यान्वयन गर्नुहुन्छ त्यो भने हेर्न बाँकी रहेको छ ।
खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहेर काम समेत गर्नुभएको थियो । खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए । सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल इमान्दार छवि बनाएका पूर्वसचिवका रुपमा चिनिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

