काठमाडौं । सिहदरबारमा बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन जी पुस्ताको प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको बताईएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले आयोग बनाउने निर्णय गरेको बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनु भएको हो । उहाँले आयोगको संरचनाबारे भने टुंगो लागिसकेको बताउनु भएको छ । यसैगरी मन्त्रिपरिषद्को बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरेका सबै प्रस्ताव फिर्ता लिने निर्णय गरेको समेत बताइएको छ ।
जेन जी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने तथा मृतकको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि सरकारले गरेको छ। मृतकका परिवारलाई जनही १० लाख र अन्य खर्चका लागि ५ लाख गरी १५ लाख दिने र मृतकको सम्झनामा जेन जी स्मारक पार्क निर्माण गर्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी, बैठकले जेन–जी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने तथा मृतकको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
मृतकका परिवारलाई जनही १० लाख र अन्य खर्चका लागि ५ लाख गरी १५ लाख दिने र मृतकको सम्झनामा जेन–जी स्मारक पार्क निर्माण गर्ने निर्णय समेत गरिएको बताइएको छ । सो बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरि असोज १ गते शोक विदा दिने निर्णय समेत गरेको गृहमन्त्री अर्यालले बताउनु भएको छ ।