Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जी आन्दोलनका क्रममा आगजनी भएको पार्टी कार्यालयको अबलोकन गर्नुभएको छ । अबलोकन गर्नेक्रममा उहाँले माओबादीको केन्द्रीय कार्यालय झन भव्यको बनाउने समेत घोषणा गर्नुभएको छ । मंगलबार जेनजी आन्दोलनमा आगजनी भएको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनपछि नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताउनु भएको हो ।

‘क्षति त पुर्‍याइयो, पुग्यो,’ प्रचण्डले भन्नु भयो। ‘तर, अब म के भन्न चहान्छु भने सिगो पार्टी पक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यको सहयोगमा पार्टीको नयाँ कार्यालय भवन बनाइने छ।’ जेनजी आन्दोलन पछि केही दिन सैनिक ब्यारेकमा रहेका उनी पहिलो पटक सर्वाजनिक कार्यक्रममा सहभागी हुनुभएको हो । नेताहरूसहित कार्यालयमा पुगेका उनले कार्यालयमै रहेको सहिद स्मारकमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0