Prithvi Post

जेन–जी पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाएका शहीदहरू अर्थात् दिवङ्गत आत्माको चिर शान्तिको कामना र देशमा शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा सम्पन्न भएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जाल निरन नेपालले ललितपुरमा सबै धर्मका धर्मगुरुहरूलाई जम्मा गरेर शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा गरेको सञ्जालका अध्यक्ष भिक्षु पिया दस्सी महर्जनले जानकारी दिनुभयो ।

यही भदौ २३ र २४ गते जेन–जी पुस्ताका युवाहरूले भ्रष्टाचारले युक्त राज्यसत्ता परिवर्तनका लागि गरेको प्रदर्शन पछिको वर्तमान परिस्थितिमा शान्ति कायम होस भन्ने कामना प्राथनासभा मार्फत गरिएको हिन्दु धर्मगुरु पं रामचन्द्र भण्डारीले बताउनुभयो । ७५ भन्दा बढी व्यक्तिको मृत्यु अर्बौँको सम्पत्ति नष्ट भएको यस्ता घटना अब नदोरिउन र देश साँच्चै बुद्धको जन्मस्थल भए अनुसार शान्त मुलुक होस भन्ने कामना आफ्नो समुदायमा गर्ने भिक्षु धर्ममुर्तीले बताउनुभयो ।  साथै उक्त आन्दोलनमा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफूहरूले सामुहिकरुपमा प्रार्थना गरेको इस्लाम धर्मका मौलाना एमडी सलमानले बताउनुभयो ।

अन्तरिम सरकारले निरन नेपालसँग सहकार्य गरेर शान्ति र मेलमिलापको लागि काम गरोस् भन्ने कामना क्रिष्चियन धर्मका अगुवा इसुजंग कार्कीले प्राथनामार्फत बताउनुभयो । जेनजी पुस्ता, सुरक्षा निकाय, ,कर्मचारी तन्त्र, नागरिक समाज, सङ्घसंस्थाहरू, सञ्चार माध्यम र धार्मिक गुरुहरूबिच सहकार्य गरी देशमा शान्ति र मेलमिलापको लागि हातेमालो गरी अभियान सञ्चालन गरिने सीआईएनका मेनेजर दीपक आचार्यले बताउनुभयो ।

निरनका व्यवस्थापक नहिदा वानुले सहिदहरूको सपना पुरा गर्न र शान्ति स्थापना गर्न आफ्नो संस्थाले पनि निरन्तर पहल गर्ने बताउनुभयो ।

किरात धर्मका अगुवा तिलक चाम्लिङले शान्ति र मेलमिलापको लागि आफ्नो समुदायमा पनि अभियान गर्ने र सबै वर्गलाई शान्ति र धर्मको पालना गर्नको लागि उत्प्रेरित गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।