काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताउनु भएको छ । गत भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै नेता सिंहले राजनीतिक दलका नेताहरूको घरमा तोडफोड र आगजनी गरिनुले जेनजी आन्दोलनको आडमा दलको योगदान मेट्ने प्रयास भएको समेत बताउर्नु भएको छ ।
उहाँले आन्दोलनकै क्रममा विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्नेको बताउदै यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको प्रष्ट भएको बताउनु भएको छ । उहाँले आगलागी र तोडफोड भएको घटनामा निष्पक्ष छानबिन गर्नुपर्ने समेत बताउनु भएको छ । उहाँले लोकतन्त्रमा दलहरूको भूमिका महत्त्वपूर्ण भए पनि त्यसलाई निमोठ्न खोजिएको बताउनुभएको छ ।