Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडियो संवाद भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिहदरबारबाट उहाँहरुबीच भिडियो संवाद भएको बताइएको । सो भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा हालै भएको दुखद घटना ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको बताइएको छ उनले नेपालको शान्ति तथा स्थायित्व पुनः स्थापना गर्ने प्रयासहरूमा भारतको दृढ समर्थन रहेको बताइएको छ । साथै उनले भोली नेपालको संविधान दिवसको अवसरमा प्रधानमन्त्री कार्कीलाई र सबै नेपाली जनतालाई शुभकामना समेत दिएका छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0