काठमाडौं । नेपाल इको प्यानलले नवनियुक्त शिक्षा मन्त्री डा महाबीर पुनलाई बधाई तथा सफल कार्यकालयको शुभकामना दिएको छ । मन्त्री पुन जेन्जी आन्दोलनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनु भएको छ । नेपाल इको प्यानलका अभिभावक तथा राष्टि«य अनुसन्धान केन्द्रका अध्यक्ष एवं आविष्कारक पुन शिक्षा मन्त्री नियुक्त हुनुभएकोमा वधाई तथा शुभकामना व्यक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा विशेष जोड दिनु हुने नवनियुक्त मन्त्रीलाई सफल बनाउनु हामी सवैको कर्तव्य भएको बताउनु भएको छ ।।

