काठमाडौ। नेपाल टेलिकम इटहरीद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इटहरी उपमहानगरपालिका वडा नम्बर ७ बज्राहामा अबस्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययरत गरिब तथा जेहेनदार विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ । नेपाल टेलिकम इटहरीका कार्यालय प्रमुख उपप्रबन्धक लोकराज शर्मा भट्टराईले एक कार्यक्रमका बीच सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले नेपाल टेलिकमले सुगम तथा दुर्गम सबै जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको आएको र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको बताउनु भएको छ ।
उहाँले गरिब विद्यार्थीका लागि यस्तो कार्यक्रमले विद्यार्थीको अध्ययनमा थप उर्जा तथा प्रेरणा मिल्ने समेत बताउनु भएको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष देव नारायण चौधरीले विद्यालयमा विपन्न वर्गका बढी बिद्यार्थीहरू रहेकोले सबै बिद्यार्थीहरूले यस्तो किसिमको सहयोगको अवसर पाएमा शिक्षाको गुणस्तरमा समेत सुधार ल्याउन सकिने बताउनु भएको छ । सो कार्यक्रममा विद्यालयको सहायक प्रधानाध्यापक पुष्पा काफ्ले, टेलिकम इटहरीका राजस्व प्रमुख रमेश धिताल, ब्यापार प्रमुख शान्ता गौतम र बिमला श्रेष्ठ समेतको सहभागिता रहेको थियो ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

