Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन गृहमन्त्री ओम अर्यालाई चुनौती दिनुभएको छ । उहाँले बुधबार पत्रकार सम्मेलन गरि अन्तरिक सरकारका गृहमन्त्री अर्याललाई सो चुनौती दिनुभएको हो । उहाँले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती दिनुभएको छ । पत्रकार सम्मेलनमा उहाँले आन्दोलनकारीका तर्फबाट जेजनी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गर्नुभएको छ ।

रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा, ज्वाला सङ्ग्रौलाको बारेमा छानबिन हुनुपर्ने माग राख्नु भएको छ । ‘त्यसपछि भागेका १४ हजार कैदी कहाँ छन् रु ५ सय चौकी जलाउने क्रममा १२ हजार हतियार लुटिएका छन्, २० हजार गोली लुटिएका छन् ती कहाँ छन् ? भन्दै उहाँले साम्राज्यवादी शक्तिले पुन नेपालीमाथि आक्रमण हुनसक्ने अनुमान समेत गर्नुभएको छ । डिस्कर्ड चलाउने, प्रहरीलाई जिउँदै जलाउनेलाई कारबाही गर्नुको साटो गृहमन्त्री भने सुदन गुरुङलाई गुलेली खेलाउन लगाएर बसेको, कुलमान घिसिङ उठौतीमा लागेको भन्दै उनीहरूमाथि पनि छानबिन गर्नुपर्ने बस्नेतको भनाइ रहेको छ ।

उहाँले अर्थमन्त्री रामेश्वर खनालबाट सम्पत्ति शुद्धीकरण गर्ने कि नगर्ने भन्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई सोधे, आज तपाईँहरू प्रतिशोध साध्ने योजना बनाइरहनुभएको छ । उहाँले रकारको पहिलो टार्गेट केपी ओली र तेस्रो नम्बरमा आफू रहेको भन्दै हुदै नभएको मुद्दा सिर्जना गरेर आफुमाथि गिरफ्तार गर्ने षडयन्त्र गरेको दाबी गरे । तर उनीहरूको षड्यन्त्र अदालतले अस्वीकार गरेको बताउँदै आफूले साइवर ब्युरोमा बयान दिएर आएको र जे हो त्यही भनेको बताउनु भएको छ । उहाँले आफूलाई समातेर देखाउन चुनौती दिँदै आफू विधिको शासनको लागि जेल जान तयार रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0