Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं । विश्व बैंंकले नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशतमा झर्ने अनुमान गरेको छ। एक महिनाअघि भएको जेनजी आन्दोलनको क्षतिलाई ध्यानमा राख्दै विश्व बैंकले सन् २०२५/२६ का नेपालको आर्थिक बृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।

दक्षिण एसियाको विकासको अद्यावधिक प्रतिवेदन ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ शीर्षकमा मंगलबार प्रकाशित प्रतिवेदनमा आर्थिक वृद्धिको सम्भावित घट्ने दायरा विद्यमान वृद्धिदरभन्दा १ दशमलव ५ देखि २ दशमलव ६ प्रतिशत हुने अनुमान गरिएको छ। आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहेको थियो। जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीले बिमा उद्योगलाई असर गर्ने प्रतिवेदनमा उल्लेख छ। लगानीकर्ताको कमजोर विश्वासले निजी लगानी र गैरजलविद्युत् आयोजना निर्माणमा बाधा पुर्‍याउने प्रक्षेपण पनि गरिएको छ।

प्रतिवेदन अनुसार सन् २०२६ मा दक्षिण एसियाली देशमा भुटानको आर्थिक वद्धिदर सबैभन्दा बढी ७।३ प्रतिशत रहनेछ। त्यसपछि भारतको ६ दशमलव ५ प्रतिशत, बङ्गलादेशको ४ दशमलव ८ प्रतिशत, माल्दिभ्स ३ दशमलव ९ प्रतिशत र श्रीलङ्काको ३ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण छ। यो प्रतिवेदनमा पाकिस्तानलाई समावेश गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0