Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं । नेपाली काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ । नेता गुरुराज घिमिरेको नेतृत्वमा भएको हस्ताक्षर सङ्कलन बुधबार अपराह्न ३ बजे कार्यवाहक सभापति खड्कालाई बुझाइएको बताइएको छ । हस्ताक्षरको फाइल बुझेपछि खड्काले कुनै प्रतिक्रिया दिएनन् । मात्रै ‘जय नेपाल’ भने । नेपाली कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएमा बुझाएको तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।

तर, कसरी गर्ने र कुन कुन पदका लागि गर्ने भन्ने केही खुलाइएको छैन । फाइलमा २४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको हस्ताक्षर अभियानको नेतृत्व गरेका नेता घिमिरेले बताउनु भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाउँदै नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0