Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं । जेन जी भन्दै विभिन्न सरकारी कार्यालयहरू गएर धम्क्याउदै आएका अर्जुन शाहीले प्रहरीको परिचयपत्र देखाएर होटलमा बसेको अनुसन्धानबाट खुलेको प्रहरीेले जनाएको छ । बुधबार साँझ साढे ७ बजे कोटेश्वरबाट पक्राउ गरिएका उनीमाथि अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताउनु भएको हो । उनको साथबाट सहायक निरीक्षक (असई) कुमार शर्माको परिचयपत्र बरामद भएपछि सोधपुछ गर्दा चावहिलस्थित एक होटलमा बस्नका लागि उक्त परिचयपत्र पेश गरेको बताइएको छ ।

भदौ २४ पछि उनी चावहिलका विभिन्न होटलमा बसेको प्रवक्ता भट्टराईले बताए । जिल्ला प्रहरी परिसरले सोध्दा असई शर्माले आफ्नो परिचयपत्र जेनजी आन्दोलनकै क्रममा हराएको भनेका छन् । उनले आफूले अर्जुन शाहीलाई दोहोरो रुपमा नचिनेको र कार्यालयबाटै हराएको उक्त परिचयपत्र उनले फेला पारेको हुनसक्ने भनेका छन् । कोटेश्वरबाट बुधबार साँझ पक्राउ परेका उनी अछामको पञ्चदेवल नगरपालिका(४ का स्थायी बासी हुन् ।

शाही बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक कसुरमा फरार थिए । २६ वर्षीय शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए । उनी सुशीला कार्कीको शपथमा सुधन गुरुङसँगै जेनजीको सहसंयोजक बनेर शीतल निवास छिरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0