Prithvi Post

काठमाडौं,
लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’को लागि डिजिटल अडिसन खुल्ला गरिएको छ । ७७ जिल्लाबाटै जिल्लास्तरीय प्रतिस्पर्धामा पहिलो, दोस्रो, तेस्रो र चौथो भएकाले आवेदन दिन सक्ने भएका छन् ।

अडिसनको आवेदन पुस १३ देखि २९ गतेसम्म दिन सकिने आयोजक डीआर म्युजिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मुलुकका प्रतिष्ठित ४२ कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा हुने उल्लेख छ ।
नेपालमा पहिलो पटक लिगस्तरीय (अंकभार अनुसार) दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमका संयोजक अमृत खातीले जानकारी दिए । ‘दोहोरी आइडल’का विजेताले नगद १५ लाख रुपैयाँ र कार पुरस्कार पाउनेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले ५ लाख प्राप्त गर्ने भएका छन् ।

शोको छायांकन माघदेखि सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।