Prithvi Post

३ मंसिर २०८२, मंगलवार

भक्तपुर । भक्तपुरको भीमसेनस्थानस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पतालले महिला तथा बालबालिकाहरुको स्वास्थ्य सम्वन्धी अनुसन्धानहरु गर्दै आएको जनाएको छ । अनुसन्धान रिपोर्टका विषयमा मंगलबार जिल्लाका विभिन्न स्कुलका बाल शिक्षक शिक्षिकाहरुसँंगको छलफलमा अस्पतालले विशेष गरेर महिला र बालबालिकाहरुबारे समुदायमा पुगेर विभिन्न अनुसन्धानहरु गर्दै आएको जनाएको हो ।

अस्पताल अन्तर्गतको बाल स्वास्थ्य अनुसन्धान परियोजनाका प्रमुख एवं बाल रोग विशेषज्ञ डाक्टर रामकृष्ण चन्द्योले शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंसँंगको सहयोगमा निरन्तर अनुसन्धान कार्यहरु गर्दै आएको जानकारी गराए ।

पछिल्लो पटक मात्रै ६ देखि ११ महिनासम्मका बालबालिकाहरुमा हुने रोगबारे अनुसन्धान सकेको उनले जनाए । साथै चार सय जना गर्भवती महिलाहरुको स्वास्थ्यबारे पनि अनुसन्धान गरेको उनले जनाए ।

पछिल्लो अनुसन्धानपछिको निक्र्याैलहरुबारे जिल्लाका विभिन्न स्कुलहरुमा ससाना नानीबाबुहरुलाई पढाउने शिक्षकशिक्षिकाहरुसँंग छलफल गरेको थियो । बालबालिकाहरुसँंग नजिक बसेर काम गर्ने भएकाले ती शिक्षकशिक्षिकाहरुसँंगको एकदिने कार्यशाला गोष्ठी गरेर दिनभर छलफल गरेका हौं, अस्पतालले भनेको छ ।


सिद्धि स्मृति अस्पताल स्थापनाको इतिहास पनि अलिकति वेग्लै छ । समाजसेवी श्यामसुन्दर धौभडेलका एक्लो सन्तान सानो उमेरमै सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

त्यसपछि उनै सिद्धि सुन्दर धौभडेलको मृत्युले सिद्धि स्मृति अस्पताल जन्मायो । उनको मृत्यु नभएको भए त्यो सम्भव थिएन । छोराको स्मृतिमा अस्पताल र वृद्धाश्रम स्थापना गरेर हजारौं बालबच्चा र ज्येष्ठ नागरिकको सेवा अहिले अस्पतालले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।