Prithvi Post

३ मंसिर २०८२, मंगलवार

काठमाडौं । नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामप्रमोद राउत सहित दुई जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।  सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पक्राउ पर्नेमा नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगरका कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय छन् । आयोगको टंगालबाट खटेको टोलीले वीरगञ्ज महानगरपालिका(३ आदर्शनगरस्थित नापी कार्यालयबाट उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो ।

छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहानामा उनीहरूले उक्त रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0