काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटना योजनाबद्ध हमला भन्दै अहिलेको सरकार त्यहि षडयन्त्रबाट आएको बताउनु भएको छ । पुर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अन्तरिम सरकार जनक्रान्तिबाट नभई आगजनी, तोडफोड र लुटपाटबाट आएको दावी गर्नुभएको छ ।
्उहाँले विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै रियल जेनजीहरु त्यसदिन माइतीघरदेखि एभरेष्ट होटलसम्म आएर फर्किएको बताउनुभएको छ । उहाँले नेपो बेबीका नाममा बाल मनोविज्ञानमा आतंक मच्चाएर थालिएको अभियाने योजनाबद्ध रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री सुशीला कार्की आफैं जेनजी आन्दोलनमा उत्रिएर बिध्वंशको योजना बनाएको आरोप समेत लगाउनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि पुन:स्थापनाको विकल्प नभएको बताएका छन् । विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठकमा बोल्दै संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गरे । उनले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलन हुन्छ, अग्रगामी हुन्छ, संविधान र लोकतन्त्रको पक्षमा हुन्छ । सबैको जीउधनको रक्षाको पक्षमा हुनेछ । भय, त्रास सिर्जना गर्न र लुटपाट गर्नको लागि होइन । उनले आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पारे । आन्दोलनलाई अगाडि बढाउन सांसदहरू तयार हुन निर्देशन दिए ।