काठमाडौं । अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिता २०२५ (एपीडीसी अवार्ड) मा उत्कृष्ट भएका विद्यार्थीहरु विहीबार पुरुस्कार वितरण गरिएको छ । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा उनीहरुलाई नगद सहित पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान समेत गरिएको बताइएको छ ।

सो प्रतियोगितामा सृष्टी न्यौपाने प्रथम हुनुभएको छ भने उहाँलाई ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा दोश्रो हुने अपर्णा कोइरालालाई, २५ हजार र तृतीय हुने अंकिता शर्मालाई १५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
भने सान्त्वना पुरुस्कार प्राप्त गर्ने विवेक बासुकला र सुमी दुवाल श्रेष्ठलाई जनही पाँंच/पाँंच हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । सो प्रतियोगितामा आर्किटेक्चर विषयमा चौथौं सेमेष्टरमा अध्ययनरत २४ जना विद्यार्थीहरुले प्रतिस्पर्धी गर्नुभएको थियो ।

उहाँहरुलाई नेपाल इन्जिनियरिंग कलेजका भाइस प्रिन्सिपल सहप्राध्यापाक मोहनध्वज केसीले एक कार्यक्रमका बीच पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो , कार्यक्रममा कलेजका प्रशाशन प्रमुख श्रीमा शर्मा, सहप्राध्यापक एवं आर्किटेक्ट विभागका एचओडी राम सुवाल, सहप्राध्यापकहरु रक्षा रायमाझी, योजना तुलाधर, कृष्णप्रसाद भुजूलगायतले कार्यक्रमका विविध विषयको जानकारी गराउनु भएको थियो ।

