काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई उत्तेजित बनाउने काम नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गनेृक्रममा ृउहाँले सो चेतावनी दिनुभएको हो । उहाँले नक्कली सरकार भएको समेत बताउनु भएको छ उहाँले लोकतन्त्र पुनर्स्थापना, संविधानको कार्यान्वयन गर्नको लागि सरकारलाई हस्तक्षेप नगर्न समेत आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिनेको समेत दाबी गर्नुभएको छ । उहाँले तोडफोड, आगजनी र लुटपाटबाट यो सरकार बनेको भन्दै जनताको समर्थन नरहेको दाबी गर्नुभएको छ । आफूहरूले देशमा भ्रष्टाचार अन्त्य गर्नको लागि काम गरिरहेको समेत जिकिर गर्नुभएको छ ।
जेनजीको नाममा युवाहरूलाई भ्रममा पर्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भएको समेत बताउनु भएको छ । उहाँले आफूहरूले सामाजिक सञ्जाल नियमन गर्ने प्रयास गरिरहेको बेलामा जेनजीको नाममा दुरुपयोग गरेर आन्दोलनमा उकासेको बताए। जेनजीको माग सबै कब्जा गरेर षड्यन्त्र गरेरै राज्यका संरचना, नेता कार्यकर्ताहरूको घर जलाइएको दाबी गर्नुभएको छ ।