Prithvi Post

काठमाडौं । पीसिएल नर्सिङ सम्बन्धी अवरोध हटाउनका लागि जेज जी २.० र सिटिइभिटी बीच भएको छलफल हुने बताइएको छ । मंगलबार सिटिइभिटीका सदस्य महेश भट्टराईसँग भएको भेटमा भर्ना प्रक्रिया अघि बढिसकेको र केही प्राविधिक पक्ष मिलाएपछि चाँडै नै भर्ना खोलिने जानकारी दिएको बताइएको छ ।

जेज जी २.० का प्रवक्ता अबिन लिम्बुले विद्यार्थीका मुद्दा समाधान गर्न दबाबमूलक पहल जारी रहेको बताएका छन् । उनले सिटिइभिटीलाई दिईएको ७ दिने अल्टिमेटम अनुसार संगठन अहिले वार्ता, भेटघाट र तथ्य संकलन गर्दै अघि बढिरहेको बताएका छन् । उनले भर्ना प्रक्रिया कुनै पनि बहानामा रोकिएमा जनस्तरबाट कडा आन्दोलन शुरू गर्ने चेतावनी समेत दिएका छन् ।

त्यसैगरी जेन जी युनाइटेडका संयोजक जनक परियारले विद्यार्थीका सपना, पढाइ र समयको सम्मान गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्। उनले अनावश्यक रोकिने क्रमले हजारौं युवाको भविष्य प्रभावित भएको भन्दै छिटो निष्कर्षमा पुग्न जोड दिएका छन्। जेज जी २.० र जेन जी युनाईटेड दुवैले पीसिएल नर्सिङ सम्बन्धी समस्या समाधानका लागि साझा मोर्चाबाट दबाब दिने र विद्यार्थीलाई स्पष्ट दिशानिर्देश उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।