Prithvi Post

१५ मंसिर २०८२, आईतवार

काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्त नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल (पाँचौं) सञ्जिव कुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, तत्कालीन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन र एस एण्ड एस विल्डर्स प्रालि, धनुषाका अध्यक्ष सन्तोष कुमार यादवविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार उनीहरुले कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा नूनतम कबोल गर्ने फर्मसँग सम्झौता नगरी दोस्रो प्रस्ताव दातासँग मिलेमतोमा सम्झौता गरेको भन्ने आरोप लागेको छ । आर्थिक वर्ष २०७६/७७ मा धनुषा कमला नगरपालिका वडा नं ३ स्थित लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माणसहित सौन्दर्यकरण गर्ने आयोजनाको लागि मूल्य अभिवृद्धि करसहित ७५ लाख रुपियाँको लागत अनुमान स्वीकृत गरिएको थियो ।

२०७६ चैत १८ गते राष्ट्रिय स्तरको बोलपत्रमार्फत उक्त निर्माण कार्यकोे लागि प्रस्ताव आह्वान गरेको, मिति २०७७ वैशाख २३ गते खरिद मुल्याङ्कन समितिको बैठकले सबैभन्दा कम कवोल गर्ने बोलपत्रदाता सेट स्क्वायर कन्सट्रक्सन प्रालिले कवोल गरेको अङ्क ४२ लाख ७४ हजार ५५१ रुपियाँ र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्स प्रालिले कवोल गरेको अङ्क ७२ लाख २१ हजार ७३० रुपियाँ रहेको देखिएकोमा उक्त मुल्याङ्कन समितिको बैठकबाट सबैभन्दा कम कवोल गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रालि, राजविराज–४, सप्तरीको मूल्य अभिवृद्धि करसहित ४२ लाख ७४ हजार ५५१ रुपियाँ बराबरको प्रस्ताव सारभूत रुपमा प्राभावग्राही भनी सिफारिस गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0