सुदर्शन आचार्य
राजनीतिक रूपमा नेपाल अहिले अत्यन्त संवेदनशील अवस्थामा बामे सर्दैछ । वर्तमान संविधानअन्तर्गत शपथ खाएको, तर संविधानको कुनै पनि धाराले मान्यता दिनै नसक्ने सरकार आज छ । वैधताका हिसाबले संविधानका धारा नभेटाइए पनि नागरिक तहबाट जेन(जी आन्दोलनका बलमा निर्मित सरकार भएकैले सरकारको वैधताका बारे त्यति ठूलो स्केलमा प्रश्न उठेको छैन ।
तर, वैधताका बारे प्रश्न उठ्दै नउठेको भन्ने पनि होइन । सरकारको वैधता, काम गराईका टिप्पणी र जेनजी आन्दोलनको सन्देशबारे आगामी दिनमा टिप्पणी गरौँला । यी हरफ भने ८० वर्षे इतिहास बोकेको, तर पार्टी संस्थापनद्वारा ८० वर्षे इतिहासमै सर्वाधिक संकटमा पुर्याइएको ‘नेपाली कांग्रेस’ का बारे केन्द्रित छन् ।
गगन, गति र गन्तव्य
‘मल्टी पार्टी सिस्टम’ मा व्यक्तिको भूमिकालाई गौण मान्ने गरिन्छ । तर, कहिलेकाहीँ देखा पर्ने इतिहासकै अत्यन्त संकटपूर्ण अवस्थामा भने व्यक्तिको भूमिकाले संकटलाई न्यूनीकरण गर्ने सवालमा महत्त्वपूर्ण भूमिका खेल्न पुग्दछ । आज वास्तवमै संकटको पूर्वसन्ध्यामा छ, नेपाली कांग्रेस । त्यही कांग्रेसलाई समय सापेक्ष ‘ट्रयाक’ मा हिँडाएर गन्तव्य पहिल्याउने कामको नेतृत्व गर्लान् भन्ने कांग्रेसजन र प्रजातन्त्रवादीको अपेक्षा छ, गगनकुमार थापाप्रति । उनीप्रतिको त्यो अपेक्षा किन पनि छ भन्दा– उनी आजको मितिमा समयको बेग बुझ्ने युवा नेता मात्र नभई विघटित संसदको ठूलो दल नेपाली कांग्रेसका महामन्त्री पनि हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनीसँग जोडिएर रहेका सात भाइको शैलीका कारण कांग्रेसले व्यहोर्नुपरेको क्षतिसँगै महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माप्रतिको भरोसाका कारण १४ औँ महाधिवेशनका करिब ५५ प्रतिशत प्रतिनिधिले पार्टीमा नेतृत्व परिवर्तनका लागि हस्ताक्षर गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसके । जुन हस्ताक्षरको वैधताका बारे संस्थापन पक्ष प्रश्न गर्दैछ । त्यही हस्ताक्षरबाट एकातिर उनीहरू केन्द्रीय नेतृत्वमा पुगेका त हुन् नै, त्यसको वैधानिक टुंगो पनि आगामी पुस २९ भित्र लगाउनै पर्ने कांग्रेस विधानमा व्यवस्था छ ।
गगन तिनै नेता हुन्, जसले आफ्नो राजनीतिक जीवनमा सडकबाटै विभिन्न परीक्षा, त्यो पनि खरो रूपमा दिए । अलिकति उनको गतिका बारे चर्चा गरौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा प्रत्यक्ष शासन प्रारम्भ गरेलगत्तै गगनले विद्यार्थी नेताका रूपमा शाही शासनविरुद्धको आन्दोलनको नेतृत्व गरे । राज्यद्रोहको मुद्दामा पक्राउ परेका गगनले सडक आन्दोलन छाडेनन् । जसका कारण ज्ञानेन्द्र शाहका कदमका विरुद्ध जनमत निर्माण गर्न महत्त्वपूर्ण भूमिका उनको बन्न पुग्यो ।

।। कांग्रेस महामन्त्री थापालाई ‘देवत्वकरण’ गरिएको कतिपयलाई लाग्न पनि सक्छ । यहाँ उनलाई देवत्व गर्न खोजिएको वा गर्नुपर्ने कुनै कारण छैन । प्रष्ट छ, आजका मितिमा उच्च मनोबलका साथ कांग्रेसलाई परिवर्तन, अर्थात् ‘पुस्तान्तरणसहित रूपान्तरण’ गरेर जनताका बीचमा पार्टीलाई स्थापित गर्ने नेता उनै हुन् ।।
राजाको शासनकाललगत्तै २०६२/०६३ को जनआन्दोलनमा ‘गगन’ ले गणतन्त्रको नारा उराले । उनको उक्त कदमको तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले खुलेरै विरोध गरे । कोइरालाको आलोचनाका बाबजुद उनले युवाको भावनाको प्रतिनिधित्व गर्दै परिवर्तनका पक्षमा जोखिम मोले । राजाका विरुद्धमा र गणतन्त्रको पक्षमा मात्र थिएन, गगनको विद्रोह । उनको तत्कालीन समयको विद्रोह भनेको आजका मितिका शेरबहादुर देउवाले झैँ लामो समय पार्टी र सरकारको सत्तामा समय बिताएको भन्दै कटाक्ष नै गरेका थिए ।
उनको कटाक्षको मूल सन्देश भनेकै युवा र नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने नै थियो । गगनको जोखिमको शृङ्खला त्यतिमै रोकिएन । आफ्नो कालखण्डका जल्दाबल्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापित संसदमा महाभियोग दर्ता गर्ने सवालमा उनको भूमिका महत्त्वपूर्ण रह्यो । शक्तिशाली ‘लोकमान’ लाई चुनौती दिनु कार्कीकालीन समयमा चुनौतीपूर्ण नै थियो । सवाल त्यतिमै रोकिएन ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पनि माओवादीलाई पूर्ण लोकतान्त्रिक बन्न र बनाउन युद्धकालीन समयको हिंसात्मक गतिविधि र वैचारिक पक्षको आलोचना गर्न गगनले छाडेनन् । पछिल्ला दिनमा राजावादीसँगै गणतन्त्रविरोधी शक्तिले ‘चलखेल’ थालेलगत्तै ‘वैचारिक प्रतिवाद’ मार्फत् उल्टो बाटो हिँडाउन खोज्नेका विरुद्ध उनले खबरदारी गरी नै रहे । सँगै, परम्परागत दलका विरुद्ध वैकल्पिक शक्तिका रूपमा देखा परेका दलका बारे ‘स्टण्ट’ नगर्न र धरातीय राजनीति गर्न ती दललाई सम्झाइरहे ।
यी हरफसम्म आइपुग्दा कांग्रेस महामन्त्री थापालाई ‘देवत्वकरण’ गरिएको कतिपयलाई लाग्न पनि सक्छ । यहाँ उनलाई देवत्व गर्न खोजिएको वा गर्नुपर्ने कुनै कारण छैन । प्रष्ट छ– आजका मितिमा उच्च मनोबलका साथ कांग्रेसलाई परिवर्तन, अर्थात् ‘पुस्तान्तरणसहित रूपान्तरण’ गरेर जनताका बीचमा पार्टीलाई स्थापित गर्ने नेता उनै हुन् । बाँकी संस्थापन पक्षका करिब एक दर्जन नेता भनेका पार्टी फुट्नै लाग्यो भनेर ‘नियमित र विशेष’ दुवै महाधिवेशन रोकेर यथास्थितिमै केन्द्रीय नेतृत्वमा आफू रहेको भ्रम बाँड्ने मात्रै हुन् ।
गगन र गतिका बारे माथि चर्चा गरियो । ‘गन्तव्य’ का बारे चर्चा गरौँ । कांग्रेस महामन्त्री थापासामु आजका मितिमा ‘गन्तव्य’ का नाममा चुनौतीका चाङ छन् । पार्टी फुट्नै लाग्यो भनेर आफ्नो रोटी सेक्न खोज्ने कथित संस्थापनलाई पनि २०१२ सालमा कांग्रेस सभापति भएका सुवर्णसमशेरले २०१४ सालमै विशेष महाधिवेशन गरेर बिपीलाई पार्टी सुम्पिएको र बिपी नेतृत्वमा कांग्रेस निर्वाचनमा जाँदा पार्टीले दुई तिहाइ ल्याएको हेक्का पनि उनै गगनले दिलाइदिनु परेको छ ।
उपसभापति पूर्णबहादुर खड्कालाई ‘कार्यवाहक’ दिएर आराम गर्न सिंगापुर पुगेका थकित शेरबहादुर देउवालाई ‘देउवा आऊ, हामी सात भाइको राजनीति बचाऊ’ भनेर रोइलो गर्ने सात भाइलाई पनि परिवर्तनको बेगलाई आत्मसात् गर्न नसक्ने हो भने अब सिंगापुरबाट आउँदैमा केही हुन्नँ भनेर पनि तिनै गगनले बुझाइदिनु परेको छ ।
हुन त, कांग्रेसका नेताद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको राजनीतिक बेग रोक्नकै निम्ति सिंगापुरमा रहेका देउवालाई नेपाल फर्किने राजनीतिक वातावरण निर्माण गरेको प्रष्टै छ । गन्तव्यकै बारे थप चर्चा गर्नुपर्दा हालै मात्र कांग्रेसले आसन्न निर्वाचनमा सभापति देउवाकै हस्ताक्षरबाट टिकट वितरण गर्ने निर्णय गरेछन् । बहुमतको आडमा निर्णय त छिमेकी मुलुक भारत र चीनलाई नेपालमा गाभ्ने भनेर गरे पनि होला ।
तर, त्यो कति सम्भव विषय हो रु हो, कांग्रेसको निर्णय आयो । अब देउवा पुनः सक्रिय हुनेछन् । टिकटमा उनकै हस्ताक्षर चल्नेछ( यस्तै(यस्तै । तर, संस्थापन पक्षका यिनै नेताको अनुहारसहितको पोष्टर र घोषणापत्र लिएर जनतामा जाँदा कांग्रेसको ‘साइज र हविगत’ के होला रु उत्तर प्रष्ट छ( यथास्थितिमा टिकट लिएर जाने भनेको ‘ठेकेदार’ हरुले मात्र हो ।
जो कांग्रेस हुन्, उनीहरू यथास्थितिमा, अर्थात् नेतृत्व परिवर्तन नगरी जनताका बीच जाने कल्पनासम्म पनि गर्न सकिन्नँ । तसर्थ, गगनसँगै महामन्त्री शर्मा र ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको अबको गन्तव्य भनेको नियमित नभए विशेष महाधिवेशन नै हो । यसमा अलमल अर्थात्, महाधिवेशन रोक्न खोज्नु भनेको कांग्रेसलाई समाप्त पार्न लाग्नु नै हो ।
राहुलको बिस्कुट
भारत, असमका १५ औँ मुख्यमन्त्री छन्, भाजपा नेता डा।हिमन्त विश्व शर्मा । त्यहाँको विधानसभाको १२६ सीटमध्ये भाजपा एक्लैले ६० सहित गठबन्धनले ७५ सीटमा विजय हासिल गरेको थियो । मुख्यमन्त्री डा।शर्मा कुनै बेला कंग्रस आईका नेता थिए । उक्त पार्टीमा रहँदा आफ्ना नेता राहुल गान्धीलाई भेट्न उनी गान्धी हाउस पुगे ।
उनी त्यहाँ पुग्दा नेता राहुल कुकुरलाई बिस्कुट खुवाइरहेका थिए । नेता राहुलसामु शर्माले विनम्र भावमा शीर झुकाएर अभिवादन गरे । तर, गान्धीले खासै चासो नदिई केही क्षणपश्चात् उभिइरहेका शर्मालाई बिस्कुट खान अनुरोध गर्दै त्यही कुकुरलाई दिइरहेको बिस्कुट डा। शर्मातिर सारिदिए । आफूले मान्दै आएको नेताबाट गरिएको व्यवहारबाट चोट बोकेर फर्किएका डा।शर्मा भाजपाबाट आज असमका १५ औँ मुख्यमन्त्री छन् ।
नेपाली कांग्रेसका संस्थापन पक्षका सात भाइले परिवर्तनकारी पक्ष (जोसँग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर छ) लाई गरेको व्यवहार राहुलले डा।शर्मालाई गरेको व्यवहारभन्दा कम छैन । संस्थापन पक्षले बुझ्नुपर्ने पक्ष के हो भने, फागुन २१ मा निर्वाचन थिएन भने कांग्रेस महाधिवेशनको म्याद सारिदिए पनि फरक पर्ने थिएन । जब फागुन २१ मै चुनाव हुँदैछ भनेपछि संस्थापनका यिनै अनुहार लिएर जनतामा जाँदा कांग्रेसको मत बढ्ने छैन मात्रै होइन, हिजोको मत जोगाउन पनि सक्ने छैन ।
दोस्रो कुरा, पार्टीको विधानमै निर्दिष्ट गरिएको विशेष महाधिवेशनको व्यवस्थाबाट पार्टी कथं पछाडि हट्यो भने ‘कांग्रेस लोकतान्त्रिक हो’ भन्ने विरासतबाट निःशुल्क प्राप्त ‘ट्याग’ सडकमै झर्ने छ । केन्द्रीय समितिमा रहेको बहुमतको आडमा नियमित त रोक्ला, कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन रोक्ने आधार कुनै पनि कोणबाट देखिँदैन । तसर्थ, नियमित सम्भव नभए विधानबमोजिम विशेष महाधिवेशन सम्पन्न गर्नु नै कांग्रेसको हितमा छ ।
विधानमै निर्दिष्ट गरिएको विशेष महाधिवेशन भनेको असमका मुख्यमन्त्री डा।शर्मालाई नेता राहुलले कुकुरको बिस्कुट दिएकोजस्तो विषय होइन । विशेष महाधिवेशन भनेको कांग्रेसको विधानमा भएको व्यवस्था टेकेर ल्याइएको प्रस्ताव हो । उक्त प्रस्तावमा न त जालझेल गर्ने अधिकार संस्थापनलाई छ, न त संस्थापनको प्रलोभनमा परेर ‘ब्याक’ हुने अधिकार डा. शेखर कोइराला, महामन्त्रीद्वय थापा र शर्मालाई नै । उक्त प्रस्ताव त देशैभरका बहुमत महाधिवेशन प्रतिनिधिसँगै जनचाहनाबमोजिम आएको प्रस्ताव हो ।
पार्टी संस्थापन पक्षले जनता र पार्टीसँगै तमाम शुभेच्छुक सामु ‘फेस सेभिङ’ गर्ने नै हो भने जेन(जीको भावनासमेत समेटेर नियमित महाधिवेशनको मिति सुनिश्चित गर्नु नै उनीहरूको पनि हितमा छ । अन्यथा पार्टी, मुलुक र लोकतनत्रको हित जेसुकै होस्, सात भाइको राजनीति र भोलिका मितिमा पनि पदचाहिँ प्राप्त गर्नैपर्यो भन्नेका लागि केवल ‘राम(राम’ मात्र भन्न सकिन्छ । त्यस्तै हुन्छ, जसरी जेन(जी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित घर जल्यो । सम्पत्ति लुटिए ।
स्वयंमाथि विभिन्न किसिमका हतियार प्रहार हुँदा दम्पती नै घाइते हुनुपर्ने अवस्था आयो । आफैँले रिवन काटेको हेलिकप्टरले पनि बेलामा बचाउन नसकेको दृश्य आफ्नै आँखाले झल्झल्ती हेर्दा देउवाले के सोचेका थिए होलान् ? देशभरि ९ लाख क्रियाशील सदस्यमध्ये कतिजना सभापतिलाई बचाउन त्यहाँ पुगे ? पुगेका नै थिए भने पनि उनीहरू कि रमितेमात्र हुन्थे, कि खरानी हुन्छ । सवाल आज कांग्रेसलाई रमिते, खरानी, टीकेबाट जोगाउँदै वैचारिक कांग्रेस निर्माण कै हो । जसका निम्ति ‘नियमित वा विशेष’ महाधिवेशन अनिवार्य शर्त पनि हो । नत्र, आफैँले रिबन काटेर उद्घाटन गरेको हेलिकप्टर भनेर मात्र के गर्नु ?