Prithvi Post

जब कुनै बच्चाले सुन्दर अक्षर लेख्न सिक्छन्, उनीहरुमा लेख्ने हौसला थप बढ्न थाल्छ । यो एउटा गज्जब कला हो ।

हरेक बच्चाले असाध्यै राम्रो अक्षर लेख्न सक्छन् । सिकाउनुपर्ने कुरा के मात्र हो भने, अक्षर कुन विधिबाट लेख्दा राम्रो हुन्छ । अतः यसको एउटा सरल विधि छ । हस्तलेखन शिक्षाको महत्वपूर्ण पक्ष हो । हस्तलेखन भाषिक कला पनि हो । एउटा कलाकारले जसरी गाउन, नाच्न, चित्र कोर्न कठोर साधना गर्छन् हस्तलेखन कलाको लागि पनि साधना र लगाव आवश्यक हुन्छ ।
अहिलेको आधुनिक युगमा प्राय: सबैको साथमा मोबाइल र ल्यापटप छ तर हस्तलेखनको महत्व भने कम भएको छैन । विकसित मुलुकहरूको कुरा गर्ने हो भने पनि अधिकांश परीक्षा लिखित माध्यमबाट नै हुन्छ ।

नेपाली परिवेशमा पनि परीक्षा लिखित माध्यमबाट नै हुन्छ । स्कुल, कलेज, लोकसेवा आयोग लगायतका परीक्षाहरू पनि लिखित माध्यमबाट नै हुने भएकोले अक्षर राम्रो हुनु आवश्यक छ । कसैले अरूको लेख्ने तरिका नक्कल गरेर, इन्टरनेटमार्फत विभिन्न तरिका हेरेर पनि अक्षर राम्रो बनाउने प्रयास गर्छन् । अक्षर बिग्रने कारण धेरै छन्, जसलाई सुधार गर्न सकियो भने अक्षर राम्रो हुन्छ ।
चार कुरामा ध्यान

अक्षर राम्रो बनाउन मुख्यतया चारवटा कुरामा ध्यान दिनुपर्छ । लिपि, अक्षर कता फर्काउने, कति खाली ठाउँ छोड्ने र आकार महत्वपूर्ण हुन्छ । अक्षर राम्रो बनाउने हो भने यी कुरामा ध्यान दिनुपर्छ ।

बालबालिकालाई ३ देखि ४ वर्षको उमेरबाट विद्यालय पठाउन थालिन्छ । राम्ररी कलम समाउन नजानेका बालबालिकालाई विद्यालय पठाउने बित्तिकै क, ख, ग र ए, बी, सी सिकाउन थालिन्छ । यसरी सानै उमेरमा यस्तो लेख्न गाह्रो हुने अक्षर सिकाउने भन्दा पनि लेख्ने ढाँचा सिकाउनुपर्छ ।

सिधा लाइन कसरी तान्ने ? अण्डाकार अर्थात् ओभल कसरी बनाउने ? गोलो कसरी बनाउने ? अर्ध गोलाकार (कर्भ) कसरी बनाउने भन्ने लगायतका कुरा सिकाउनुपर्छ । यी कुरा हस्तलेखन सिकाउनु भन्दा अघि सिकाउनुपर्छ । पाँच वर्षको उमेरदेखि नै बालबालिकालाई हस्तलेखनको ढाँचा सिकाउनुपर्छ ।

सानै उमेरदेखि एउटा तरिकाको अक्षर लेखिरहेको मान्छेले त्यही तरिकाको लिपिमा लेख्छ भने उसको त्यसमा हात बसिसकेको हुन्छ र छिटो लेख्न सक्छन् । तर एउटा तरिकाले लेखिरहेकाहरूले अर्को तरिकामा लेख्न खोज्छन् भने उनीहरूको लेखन ढिलो हुन्छ । अक्षर राम्रो बनाउन दैनिक ४-५ पेज हस्तलेखन लेख्नुपर्दैन । गृहकार्य गर्दा अक्षर राम्रो बनाएर लेख्ने प्रयासले नै पनि अक्षर राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।