Prithvi Post

राम शरण देउजा

देशैभरिका विकास निर्माणलाई हेर्ने हो भने विना अध्ययन, विना मापदण्ड र मनपरी ढंगले निर्माण भैरहेको आभाष हुने गरेको छ । जोखिम पहिचान, पूर्वाधार विकासको शैली, बस्ती विकासको ढाँचा र प्रविधि साथै विपद् पूर्व सम्बन्धी गरिने अध्ययन र अनुसन्धानको कमि लगायतका कुराहरू देशमा भएका विकासकामा देख्न सकिन्छ ।

भने पछिल्लो समय क्षतिको प्रमुख कारण पनि तिनै विकास बढी बनेको भन्दा फरक पर्दैन । प्राकृतिक विपत् मानवीय नियन्त्रणबाहिर भए पनि त्यसले पु¥याउने क्षति न्यून गर्न भने सकिन्छ तर, सरकारले क्षति न्यून गर्न प्रभावकारी नीति अवलम्बन गर्न भने सकेको छैन । यसले दिगो विकासको लक्ष्यमाथि नै चुनौती थपेको छ ।

त्यसैले आगामी दिनमा बनाइने पूर्वाधारमा सकेसम्म कम क्षति पुगोस् भन्नेमा ध्यान दिन ढिला भइसकेको छ । सार्बजनिक निकायहरुले पूर्वाधार आयोजनाहरूको छनौट गर्दा तोकिएका मापदण्डहरुको पालना नगर्ने, आबश्यक कुराहरुको अध्ययन नगरी राजनैतिक प्रभाव, चिनजान, पहुँच र दबाबको आधारमा आयोजनाहरु छ्नौट गरिने गरिएकोले कति आयोजनाहरु बिच मै अबरुद्ध हुने गरेको छ ।

भने अर्कोतर्फ समयमा सम्पन्न भएपनि त्यो आयोजनाबाट जनताको जनजीवन र जनजिबीकामा कुनै सुधार नहुने तथा प्रतिफल समेत प्राप्त नहुने गरेको छ । भने अर्को तर्फ ठेक्कापट्टादेखि टेन्डर आह्वान समेत चिनजान, पहुँच, दबाब र पदको दुरुपयोग समेत गरेर आयोजनाहरु तय गरिदै आएकै कारण अधिकाशं विकास निर्माणका काम सम्पन्न हुन कठिनाई हुने गरेको छ भने सम्पन भएका योजनाबाट पनि प्रतिफल पाउन सकि रहेको छैन । जसले गर्दा करोडौ रुपैयाँ बालुवामा पानी झै हुदै गएको समेत भेटिएको छ ।

भन्नु पर्दा उपयोग बिहिन हुने आदि भईरहेका छन । यसो हुनुको कारण पुर्बाधार आयोजनाहरुको छनौट नै गलत भएको भन्दा दुई मत हुदैन । आयोजनाहरुको छनौट गर्दा धेरै कुराहरुलाई मध्यनजर गर्नुपर्ने भएता पनी प्रथम दृष्टिमा मुख्यतया निम्न कुराहरूमा ध्यान पु¥याउनु जरुरी रहेको छ ।

अर्कोतर्फ समयमा सम्पन्न भएपनि त्यो आयोजनाबाट जनताको जनजीवन र जनजिबीकामा कुनै सुधार नहुने तथा प्रतिफल समेत प्राप्त नहुने गरेको छ । भने अर्को तर्फ ठेक्कापट्टादेखि टेन्डर आह्वान समेत चिनजान, पहुँच, दबाब र पदको दुरुपयोग समेत गरेर आयोजनाहरु तय गरिदै आएकै कारण अधिकाशं विकास निर्माणका काम सम्पन्न हुन कठिनाई हुने गरेको छ भने सम्पन भएका योजनाबाट पनि प्रतिफल पाउन सकि रहेको छैन । जसले गर्दा करोडौ रुपैयाँ बालुवामा पानी झै हुदै गएको समेत भेटिएको छ ।

           लेखक : राम शरण देउजा

१. आवश्यकता र प्राथमिकता (Needs and Priority) : आयोजनाले स्थानीय वा राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्छ कि गर्दैन र त्यो आयोजना कत्तिको जरुरी छ ? अहिले त्यसको आबश्यकता हो कि होईन भन्ने कुरा पहिलो प्राथमिकतामा राख्नु आबश्यक रहेको छ ।

२. प्राविधिक सम्भाव्यता (Technical Feasibility) : आयोजना निर्माण गर्न प्राविधिक रूपमा सम्भव छ कि छैन र त्यसको लागि आवश्यक प्रविधि र जनशक्ति उपलब्ध छ÷छैन भन्ने पनि अध्ययन गर्नु पर्छ। प्राबिधिक रुपले सम्भव हुने आयोजनालाई मात्र छनौट गरिनु पर्छ ।

३. आर्थिक प्रतिफल (Economic Return): लगानी गरिएको बजेटको तुलनामा आयोजनाबाट प्राप्त हुने प्रत्यक्ष वा अप्रत्यक्ष लाभ (Benefit–Cost Ratio) बढि हुन्छ हुँदैन अध्ययन गर्नु पर्दछ र बढी हुने भए मात्र त्यो आयोजनालाई प्राथमिकतामा राख्नु पर्दछ।

४. वातावरणीय प्रभाव (Environmental Impact): आयोजनाले वातावरणमा पार्न सक्ने सकारात्मक वा नकारात्मक प्रभावको विश्लेषण (EIA/IEE) र अध्ययन गरी प्राकृतिक स्रोतहरुको संरक्षण सुनिश्चित गर्नुपर्छ। प्राकृतिक स्रोतहरु नष्ट गर्ने आयोजनाहरुलाई प्राथमिकता दिनु हुँदैन

५. सामाजिक प्रभाव (Social Impact): आयोजनाले स्थानीय समुदायको जीवनस्तर र जनजिबिकामा ल्याउने सुधार वा विस्थापनमा के कस्तो प्रभाव पर्छ त्यस्ता सामाजिक पक्षहरूलाई समेत ध्यान दिनु पर्छ । जनताको जनजीवन र जनजिविकामा मद्दत पुग्ने आयोजनाको मात्र छनौट गर्नु पर्दछ । माथी उल्लेख गरिएका कुरालाई ध्यानमा राखेर काम गर्ने हो भने अहिलेको समस्या आउने कार्यमा नियन्त्रण गरि प्रतिफल पाउने निश्चित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0