Prithvi Post

राम शरण देउजा

नेपाल निर्माण व्यवसायी महासंघ मुलुकको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनि विकास र समृद्धिका सम्बाहक निर्माण व्यवसायीहरुको छाता संस्था समेत हो । यस महासंघको आगामी नेतृत्वले निर्माण व्यवसायीहरूको साझा आवाजलाई अझ सशक्त, विश्वसनीय र परिणाममुखी रूपमा अघि बढाउने अपेक्षा म लगायत सम्पूर्ण निर्माण व्यवसायीहरुले गरेका छन् र गर्नु पनि पर्दछ ।

आगामी नेतृत्व निर्माण व्यवसायीहरूको हकहितको सशक्त पैरवी गर्न सक्षम हुनुका साथै नेपाल सरकार, सम्बन्धित मन्त्रालय, विभाग तथा मातहतका निकायहरूसँग प्रभावकारी समन्वय र सहकार्य गर्न सक्ने हुनु अत्याबश्यक रहेको छ ।

नीतिगत समस्या, भुक्तानीको समस्या, ठेक्का प्रक्रिया, कानुनी जटिलता, मूल्य समायोजनको समस्या लगायतका विषयमा स्पष्ट दृष्टिकोण सहित समाधान खोज्न सक्ने नेतृत्व आजको आवश्यकता हो । महासंघलाई पारदर्शी, उत्तरदायी र समावेशी संस्थाका रूपमा विकास गर्दै ठूला र साना सबै निर्माण व्यवसायीहरूको साझा संस्थाको रूपमा स्थापित गर्नु आगामी नेतृत्वको प्रमुख दायित्व हुनुपर्छ । व्यवसायको आकार, पहुँच वा प्रभावका आधारमा होइन, समानता र न्यायका आधारमा सबै व्यवसायीलाई समान व्यवहार र अवसर सुनिश्चित गर्न आगामी नेतृत्व प्रतिबद्ध रहनु अत्यावश्यक छ ।

                     लेखक : राम शरण देउजा
नेपाल निर्माण व्यवसायी महासघको आगामी नेतृत्व यस्तो हुन आबश्यक छ :-
–निर्माण व्यवसायीहरुको हक हितको सशक्त पैरवी गर्न सक्ने ।
–नेपाल सरकार र मातहतका निकायहरु सँग प्रभावकारी समन्वय गर्न सक्ने ।
– महासघलाई पारदर्शी, उत्तरदायी र ठुला साना सबै निर्माण ब्यबसायिहरुको साझा संस्थाको रुपमा बिकास गर्न सक्ने ।
– ठूला साना सबै व्यवसायीलाई समान व्यवहार गर्ने र अवसर दिलाउन प्रतिबद्ध रहने ।
– आफ्ना कमिकमजोरी गल्ती स्विकार्दै सच्चिन तयार हुने ।
– तथ्य र यथार्थमा अडिग रहने ।
– सामुहिक नेतृत्वमा बिश्वास गर्ने ।
– बिगतलाई फर्केर हेर्ने, बर्तमान बुझ्ने र भबिष्यको अनुमान गर्न सक्ने ।

आगामी नेतृत्वले आफ्ना कमजोरी र विगतका गल्तीहरू स्विकार्दै सुधारका लागि सधैं तयार रहने, तथ्य र यथार्थमा आधारित निर्णय लिने तथा भ्रम र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने संस्कार विकास गर्नुपर्छ । व्यक्तिवाद भन्दा सामूहिक नेतृत्व, संवाद र सहमतिमा विश्वास गर्ने नेतृत्वले मात्र महासंघलाई बलियो र विश्वसनीय बनाउन सक्छ ।

त्यसैगरी, विगतका अनुभवबाट पाठ सिक्ने, वर्तमान अवस्था र चुनौतीहरूलाई यथार्थपरक रूपमा बुझ्ने र भविष्यका सम्भावना तथा जोखिमको पूर्वानुमान गर्न सक्ने दूरदर्शी नेतृत्व आजको समयको माग हो। यस्तो नेतृत्वले मात्र निर्माण व्यवसायीहरूको मनोबल उच्च राख्दै महासंघलाई नयाँ उचाइमा पु¥याउन सक्ने विश्वास मैले लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1