Prithvi Post

काठमाडौँ । खुला सिमाको भरपुर फाईदा उठाउदै व्यापारीहरुले भारतबाट चोरी तस्करी मार्फत चिनी ल्याएर नेपालमा रहेको गोदाममा स्टोर गर्ने कार्यलाई तीव्रता दिएका छन् । अस्थिर सरकार र राजनीतिको मौका छोप्दै सो अबैधधन्दामा लामो समयदेखि नेपाल चिनी उद्योग संघ नामक संस्थाका अध्यक्षलगायत केही समुह अहिले चोरीपैठारीको चिनीलाई मेड इन नेपाल लेखिएको बोरामा प्याकिङ गरेर खुलेआम बिक्री गर्दै आएका छन् ।

भारतबाट तस्करी भई ल्याउको चिनीलाई नेपालमा उत्पादन भएको भन्दै गलत विवरण तयार गरि सरकारसंग सहुलियत रकम समेत लिदै आएका संघका अध्यक्ष शशिकान्त अग्रवाल पुनः गोदाममा चोरीपैठारीको चिनी धेरै स्टोर भएपछि केही पत्रकारलाई नियोजीत समाचार लेखाउदै भ्रम छर्ने कार्यमा अग्रसर बनेको आरोप उनी निकट व्यवसायीहरुले लगाएका छन् । अवैध चिनीले बजारमा कब्जा जमाउँदा समेत सरकारले सो बारे अनुगमन र अनुसन्धान गर्ने आँट अहिले सम्मगर्न सकेको छैन ।

व्यापारीले तस्करीको सस्तो चिनीले बजार ढाकेपछि स्वदेशी उद्योगको गत वर्षकै चिनी बिक्री नभएको भन्ने गलत प्रचार समेत अग्रवालदले गर्दैै आएका छन । स्मरण रहोस अहिले बजारमा खुद्रा चिनी प्रतिकेजी ११५ रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

भने बजारमा अत्याधिक मुल्य रहेको चिनी व्यावसायीले कहाँ सस्तोमा बिक्री गरेको हो त्यो भने खुल्न सकेको छैन । नेपालमा दर्जनभन्दा बढी चिनी उद्योग सञ्चालनमा छन् । १ लाख १५ हजारभन्दा बढी उखु कृषक परिवार चिनी उद्योगसँग प्रत्यक्ष रुपमा जोडिएपनि उनीहरुले वर्षैदेखि बिक्री गरेको उखुको पैसा नपाएर सडक आन्दोलन गर्दै आएका छन् । यता भने भारतबाट तस्करी भएर आउने चिनीका कारण स्वदेशी चिनी उद्योग समस्यामा परेको भन्दै भ्रम सृजना गरेर उपभोक्ता लुट्ने काम संघकै पदाधिकारीहरु सकृय भएर लागेको बताइएको छ ।

नेपाली किसानसंग केही मात्रामा उखु खरिद गरेका अधिकाशं चिनी उद्योगीहरुले रातारात भारतबाट अबैधरुपमा चिनी नेपाल भित्राएर गोदाममा स्टोर गर्ने कार्यलाई झन बढाएका छन् । गोदाममा भारतबाट चोरी पैठारी गरि ल्याएको चिनी थु्रप्रिएपछि मंहगोमा बिक्री गर्न अग्रवालकै योजनामा बजारमा कृत्रिम चिनीको अभाब समेत सृजना गर्दै आएको उपभोक्ताबादीहरुले बताएका छन् ।

एक समय सरकारले चिनी आयातमा ४० प्रतिशत भन्सार महसुल कायम गर्दा अग्रवालले नै बिरोध गरि त्यसलाई घटाएर ३० प्रतिशत हुँदै हाल १५ प्रतिशतमा झारेका थिए । यसरी भन्सार महसुल घटाएर अबैधधन्दा चलाउदै आएका अग्रवाल उखु किसानलाई दिनु पर्ने अनुदान रकम समेत उनी आफैले चलाएर नक्सालमा आलिशान होटल समेत स्थापना गरेको आरोप उनीमाथी लाग्दै आएको छ ।

उता गत वर्ष क्रसिङ सिजनमा नेपालमा १ लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको बताइए पनि अधिकाशं चोरी पैठारीको चिनीलाई स्वदेशी चिनी भनेर गलत विवरण सरकारलाई पेश गरिदै आएको छ । अत्याधिक मात्रमा चिनी गोदाम गरेपछि संघका अध्यक्ष अग्रवाल फेरी भन्सार महसुल बढाउनु पर्ने भन्दै लविङमा लागेका छन् । सरकारलाई दवाव दिएर भन्सार महशुल बृद्धि गरि ३० प्रतिशत बनाउन सकेको खण्डमा चोरी पैठारी गरि भित्राएको चिनी मंहगोमा बिक्री गरि अबैध लाभ उठाउने योजनामा अग्रवाल सकृय भएर लागी परेका छन् ।

उनले ठूलो कमिशनको थैली तयार पारेर जेनजी आन्दोलनको बलबाट अर्थमन्त्री बनेका रामेश्वर खनाललाई भन्सार महसुल बृद्धि गर्न दवाव दिदै आएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । सरकारले भन्सार दर बृद्धि नगरेको खण्डमा बजारमा चिनीको अभाव हुने भन्दै धम्की समेत अग्रवालले दिएको आरोप रहेको छ ।

अहिले नेपालमा १३ वटामात्र चिनी उद्योग सञ्चालनमा रहेको बताइएको छ । चिनी उत्पादन गर्ने १ लाख १५ हजार ७५५ उखु कृषक परिवार आबद्ध छन् भनिएपनि किसानले भने लामो समयदेखि उखु बिक्री गरेको रकम नपाएको गुनासो गर्दै आएका छन् । नेपालको वार्षिक चिनी माग साँढे २ लाखको हाराहारी रहेको छ भने चाडपर्वको समयमा सो माग अलि बढी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0