Prithvi Post

दाङ । दाङ जिल्लाको घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भाले पालन रहेको छ । उनले दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्दछ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी समेत भई रहेको उनी बताउछिन । उनले स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्ने बताछिन् । बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले यसको खोजी समेत व्यापक बन्दै गएको उनको भनाई रहेको छ ।

आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गर्दै आएका किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाउछन् । अहिले ६० बढी फार्ममा भाले रहेको उनले बताएका छन भने एउटा भालेलाई ३ हजार रुपैयाँ पर्ने समेत बताएका छन् । बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ ।

उनले यो व्यवसायबाट वार्षिक रूपमा ६ लाख रुपैयाँसम्मको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुँदै आएको बताएका छन् । उनले साना भाले किनेर पाल्नुहुन्छ । यसका लागि लोकल कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गर्दै आएको बताउृछन् । यसरी किनेका भाले चार महिनापछि बधिया बनाउने गर्दै आएको बताउदै खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उनले बताएका छन् ।

सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ । दङ्गाली पोल्टी फार्म दर्ता गरेर व्यवसाय गर्दै आउनुभएका जानकीलाई श्रीमान्को पनि सहयोग मिलेको छ । बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ । उनले सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या नभएको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0