Prithvi Post

काठमाडौँ । लगातार उकालो लागेको सुनको मुल्य शुक्रका २० हजार ५ सय रुपैयाँले घटेर कारोबार भएको छ । हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीको मुल्य शुक्रबार अहिलेसम्मकै उच्चदरमा घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। विहिबार सुनको मूल्य प्रतितोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। सुनको यो मुल्य हालसम्मकै सबैभन्दा महँगो भएको थियो ।

विहिबार जति बढेको थियो, शुक्रबार उत्तिनै सुनको मूल्यमा गिरावट आएको बताइएकोृ छ । बुधबार सुनको मुल्य प्रतितोला ९ हजार पाँचसय रुपैयाँ बढेर तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको थियो। गएको एक सातामा सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेर शुक्रबार घटेको हो। सुनको मुल्य गएको मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो। गएको सोमबार तोलामा पाँचहजार दुईसय बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय र गएको शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको थियो।

अघिल्लो साताको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो। त्यसयता लगातार बढेको सुनको मूल्यमा शुक्रबार व्यापक मात्रामा गिरावट आएको हो। शुक्रबार चाँदीको मुल्यमा पनि व्यापक मात्रामा गिरावट आएको छ। प्रतितोलामा ४४० रुपैयाँ घटेर चाँदीको भाउ आज सात हजार ६५ रुपैयाँमा झरेको छ। विहिबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। यो चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0