काठमाडाैँ, फागुन ८
नागरिक अगुवा तथा पूर्वमन्त्री डा.मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको सोमबार बिहानै सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री रहेका श्रेष्ठ मानव अधिकार आन्दोलनका वरिष्ठ रक्षकको रुपमा समेत चिनिन्थे ।
उनको सोमबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने जनाइएको छ । विदेशमा रहेका छोराछोरीको आग्रहमा श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

