Prithvi Post

बुढानिलकण्ठ (काठमाडौं) । काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा अवस्थित सम्यक स्कुलको पहिलो वार्षिक उत्सव एक विशेष समारोहका साथ विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ। सो समारोहलाई सम्बोधन गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक थापाले सम्यक स्कुललाई समयको माग अनुसार प्रविधिमैत्री बनाउदै भौतिक पूर्वाधारले सुसज्जित बनाइने बताएका छन् ।

उनले आगामी दिनमा यस विद्यालयलाई जिल्लाकै एक नमूना शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सो कार्यक्रमको अवसरमा विद्यालयका प्रिन्सिपल पूर्ण श्रेष्ठले विद्यालयको स्थापनाकालदेखि हालसम्मका शैक्षिक गतिविधि र प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।

भने, समारोहमा स्कुलका विद्यार्थीहरूले आफ्ना प्रतिभा झल्कने विभिन्न सांस्कृतिक नृत्य तथा कलात्मक कार्यक्रमहरू प्रस्तुत गरेर उपस्थित पाहुनाहरूलाई मनोरञ्जन दिलाएका थिए। सो समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक थापा, बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, नगरपालिकाका लेखा समिति संयोजक राजकाजी श्रेष्ठ र प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधे श्याम श्रेष्ठ लगायत विभिन्न सामाजिक तथा शैक्षिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0