Prithvi Post

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै भक्तपुर क्षेत्र १ का एमाले उम्मेदवार सोमप्रसाद मिश्र र भक्तपुर क्षेत्र २ का उम्मेदवार महेश बस्नेतले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन।

दुवै उम्मेदवारहरूले राष्ट्र र राष्ट्रियताको सबालमा पार्टीको स्पष्ट अडान जनतासामु राख्दै मुलुकमा सुशासन, जनजीविका, रोजगारीलाई सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन् । एमाले सचिवसमेत रहेका उम्मेदवार बस्नेतले मुलुकमा वैदेशिक हस्तक्षेपलाई रोक्नु नै यसपटकको मुख्य एजेण्डा भएको बताएका छन्।

उनले आगामी दिनमा कसैले पनि राष्ट्रघात काम गर्न नपाउने गरी शासक नभइ सेवकको रूपमा जनतामा जाने उल्लेख गरे। उनले भक्तपुरको सम्पदाको जगेर्ना र विकास गर्दै सांस्कृतिक र पर्यटकीय क्षेत्रको रूपमा अघि बढाइने समेत बताएका छन् ।

त्यस्तै भक्तपुर क्षेत्र १ का एमाले उम्मेदवार मिश्रले भूउपयोगको वर्गीकरणमा जनताको भावनालाई समेट्ने गरी नीति बनाउने, संवैधानिक नियुक्तिलाई पारदर्शी बनाइने, भ्रष्टाचार र अनियमितताका कार्यहरूलाई निरुत्साहन गर्ने लगायतका एजेण्डाहरू प्रस्तुत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0