Prithvi Post

भक्तपुर । यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक हो भक्तपुरको २ नम्बर क्षेत्र । यस क्षेत्रबाट एमालेका सचिब महेश बस्नेतको उम्मेदवारीका कारण पनि यो क्षेत्र चर्चामा रहेको छ ।

भक्तपुर २ संसदीय निर्वाचन क्षेत्रमा सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका सहित सूर्यविनायक नगरपालिकामा १० वडा रहेका छन् भने मध्यपुर थिमी नगरपालिकामा ९ वटा वडा रहेका छन् । भक्तपुर २ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ९८ हजार ३५६ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा ११४ मतदान केन्द्र तोकिएको छ ।

चुनावको प्रचार प्रसार गर्ने क्रममा भक्तपुर क्षेत्रमा घरदैलो कार्यक्रममा  बस्नेतले भक्तपुर सुर्यविनायक–८ मा खानेपानी, सडकमा देखिएको समस्या समाधान गर्न माग गरिन् । बस्नेत सबै समस्या समाधान गर्न आफू तयार भएको बताउँदै बढ्छन् ।

त्यसै ठाउँमा हामीले एक युवा मतदातालाई सोध्यौँ, ‘बस्नेतलाई तपाईंको केही प्रश्न, अपेक्षा छन् रु उनले नेताहरूलाई जनताका प्रश्न धेरै भएको बताए । ‘उनलाई पनि धेरै प्रश्न छन् । तर प्रश्नका बिचमा पनि भक्तपुर–२ मा बस्नेतको आवश्यकता छ ।

सबैले मत दिएर भक्तपुर–२ मा देखिएको बाढी, ढल, खानेपानी, समस्या हटाएर कृषिमा रोजगारी सिर्जना गर्न आवश्यक छ,’ उनले भने ।उम्मेदवार बस्नेतले घरदैलोका क्रममा भक्तपुरबासीले आफूप्रति देखाएको सद्भाव आफ्नो जितको बलियो आधार भएको बताए ।

भक्तपुरको विकासमा आफू पदमा हुँदा वा नहुँदा पनि निरन्तर रूपमा लागेकाले पनि जित निश्चित रहेको उनले दाबी गरे । ‘जिम्मेवारी नहुँदा पनि भक्तपुरको विकासमा निरन्तर लागेको छु । सेवक बन्न मतदातामाझमा गएको छु, विकासको काम गरेको आधारमा पनि भक्तपुरका जनताले मत दिएर जिताउँछन् भन्ने विश्वास छ,’ उनी प्रतिबद्ध देखिए ।

पछिल्लो निर्वाचन

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दुर्लभ थापा विजयी भएका थिए । उनले २४ हजार २३९ मत प्राप्त गर्दै एमालेका महेश बस्नेतलाई पराजित गरेका थिए । बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले ७ हजार १२७ मत प्राप्त गरेकी थिइन् भने रास्वपाका साजन विकले ४ हजार ९८ मत प्राप्त गरेका थिए ।

भक्तपुर २ बाट यस पटक नेकपा एमालेका सचिव महेश बस्नेत उम्मेदवार बनेका छन् भने नेपाली काँग्रेसबाट कविर राणा, नेकपाबाट राम प्रसाद सापकोटा लगायत रास्वपा राप्रपा, नेपाल मजदुर किसान पार्टी सहित अन्यले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रेका छन ।

जेनजी आन्दोलनपछि बालुवाटारबाट लखेटिएका तत्कालिन प्रधानमन्त्री केपी ओलीको अहिलेसम्मको पुनरागमन गराउने एक मात्र प्रमुख पात्र महेश बस्नेत यस क्षेत्रबाट उम्मेदवार बनेकाले आम रुपमा उनले जित्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0