भक्तपुर । मौन अबधि सुरु हुनुभन्दा अघि देशभर चुनाबी मैदानमा उत्रेका उम्मेदबार र मतदातासंगको भेटघाटको क्रम चलिरहेको छ । मौन अबधिअघि भक्तपुर २ नम्बर क्षेत्रको सूर्यविनायक नगरपालिका–१ सोयलगाउँका १०१ वर्षीय दीलबहादुर थापा प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ का एमाले उम्मेदवार एमाले सचिव महेश बस्नेतलाई विजयको माला पहिराउन आतुर रहेर बसेको बताएका छन् ।
निर्वाचनको प्रचारप्रसार एवं घरदैलो अभियानका क्रममा सडकमा विजयीका लागि आर्शिवाद दिन कुर्न भएका थापाले नेता बस्नेतलाई टीका, खादा र फूलको माला लगाईदिदै टाउँकोमा हात राखेर विजयीको आर्शिवाद दिए । थापाले भने, “हाम्रो गाउँको, हाम्रो ठाउँको विकास गर्ने नेता तपाई नै हो, तपाई विजयी भएर यहाँको विकासमा अझै लाग्नु पर्छ, चुनावमा विजयी हुनु, मेरो आर्शिवाद छ, तपाईलाई विजयीको माला पहिराउन आतु छौं ।”
उहाँको ५७ वर्षीय छोरा, बालकृष्ण थापा, उहाँका परिवार र पहिलो पटक मतदान गर्न तयारी रहेका जेनजी पुस्ताले नेता बस्नेतलाई विजयीको माला पहिराउन प्रतिक्षारत रहने बताए । पात्लेटारका ८० वर्षीय भिमबहादुर न्यौपानेले पनि फूल,मा ला लगाईदिदै उम्मेदवार बस्नेतलाई विजयीको माला छिट्टै पहिरान पाउँयोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
बिरुवाका ७६ वर्षीय बद्री घिमिरेदेखि ७६ वर्षीय विष्णुमाया चौलागाईसम्मले मत माग्न पगेका एमाले नेता एवं उम्मेदवार महेश बस्नेतलाई आर्शिवाद दिदै विजयीको माला पहिराउन आतुर रहेको सुनाएका थिए ।
यो त उदाहरण मात्रै हो, सिरुटारदेखि पात्लेटारसम्मका अधिकांश जेष्ठ नागरिक, महिला र जेनजी पुस्ताले महेश बस्नेतको बिकल्प नभएको भन्दै आफ्नो ठाउँको विकास गर्ने, आफ्नो ठाउँको छोरालाई विजयीका माला पहिराउन मत खेर नजाने गरि मतदान गर्ने बताएका थिए ।

