–राम शरण देउजा
म मेरो देश नेपाल बनेको हेर्न चाहान्छु, मलाई थाहा छ, बनाउन कति कठिन छ, तर पनि म त्यही कठिन बाटो हिडन मन पराउँछु किनकी म एमालेलाई समर्थन गर्दछु । हो म समृद्ध, आत्मनिर्भर, सम्मानित र भविष्य प्रति आशावादी नेपाल बनेको हेर्न चाहान्छु । तर आजभोलिको देश बनाउने सतही कुरा देख्दा मन भित्र सम्म दुख्छ र पोल्छ ।
नेपाल बनाउने कुरा त धेरैले गर्छन तर बनाउने भन्दा भत्काउने याँहा धेरै छन । मलाई थाहा छ भत्काउनु जति सजिलो छ, बनाउन सजिलो काँहा छ ? एउटा संरचना भत्काउन केही घण्टा नै काफी हुन्छ । तर त्यही संरचना बनाउन वर्षौंको श्रम, पसिना, मिहिनेत, धैर्य र प्रतिबद्धता चाहिन्छ । एउटा कुनै संरचना भत्काउन सजिलो नै हुन्छ तर त्यही संरचनाले जोड्ने आशा, विश्वास, भरोसा र सम्भावनाहरू निर्माण गर्न कति कठिन हुन्छ भन्ने कुरा निर्माण गर्नेहरूलाई मात्र थाहा हुन्छ ।
देश पनि त्यस्तै हो । देश केवल भूगोल होइन, यो हाम्रो इतिहास हो, हाम्रो पहिचान हो, हाम्रा पुर्खाहरूको त्याग र बलिदानको परिणाम हो। देश बनाउने भनेको भावनामा बहकिएर होईन । देश बनाउन स्थिर सोच चाहिन्छ, दीर्घकालीन योजना चाहिन्छ,अनुभव चाहिन्छ र सबैभन्दा महत्वपूर्ण देशप्रतिको इमान्दारिता चाहिन्छ । आजभोलि देश बनाउने निहुँमा देशका सबै संस्थाहरू, मूल्य, मान्यता, स्थापित आधार र स्थापित मानकहरूलाई भत्काएर केवल आफूलाई नेतृत्वमा स्थापित गर्ने प्रयास गरिदैछ ।

…………उनीहरूले भत्काउने होइन, जोड्ने काम गर्नुपर्छ, निराशा होइन, आशा दिनुपर्छ, विभाजन होइन एकता कायम गर्नुपर्छ । जे केही पनि बनाउने कुरा खेलाची होईन अझ देश बनाउने यात्रा त अझै सजिलो छैन । देश बनाउने यात्रा भनेको संघर्षको यात्रा हो, धैर्यको यात्रा हो, निरन्तर प्रयासको यात्रा हो । तर यो सम्भव र सफल हुने यात्रा पनि हो ।…………….
जनताको भावनामा खेलेर, उक्साएर, निराशा फैलाएर, केही भएन, भएका पनि सबै गलत छ र छन भन्ने भाष्य निर्माण गरेर नकारात्मकता रोपेर कहिले देश बन्छ ? कदापि बन्दैन । देश बनाउने हो भने आशा जगाउनुपर्छ, विश्वास निर्माण गर्नुपर्छ र सकारात्मक परिवर्तनको मार्ग देखाउनुपछ ।
आलोचना आवश्यक छ, तर आलोचनाको नाममा निराशा फैलाउनु, घृणा बढाउनु, सामाजिक सदभाव खल्बलाउनु, असहिसुष्ण हुनु र समाजको आधार नै भत्काउनु ठिक होइन । देश बनाउने जिम्मेवारी केवल नेताहरूको मात्र होइन, यो हामी सबैको साझा जिम्मेवारी हो । तर नेतृत्व गर्नेहरूमा स्वभाबिक रुपले अलि बढी जिम्मेवारी हुन्छ। उनीहरु जिम्मेवारीका साथ प्रस्तुत हुनु पर्दछ ।
उनीहरूले भत्काउने होइन, जोड्ने काम गर्नुपर्छ, निराशा होइन, आशा दिनुपर्छ, विभाजन होइन एकता कायम गर्नुपर्छ । जे केही पनि बनाउने कुरा खेलाची होईन अझ देश बनाउने यात्रा त अझै सजिलो छैन । देश बनाउने यात्रा भनेको संघर्षको यात्रा हो, धैर्यको यात्रा हो, निरन्तर प्रयासको यात्रा हो । तर यो सम्भव र सफल हुने यात्रा पनि हो ।
बिश्वका इतिहास साक्षी छन जुन देश आज विकसित छन्, उनीहरू पनि एकदिन संघर्षमै थिए । उनीहरूले भत्काउने होइन, बनाउने सोच रोजे, त्यसैले उनीहरू आज सफल भए । राजनीतिक स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिने नेतृत्वले मेरो देश बनाउँछ भन्नेमा म बिश्वस्त छु ।
भत्काउने, ध्वम्स गर्ने होईन आशालाई जिवित राख्ने, आशा जगाउने नेतृत्वले मेरो देश बनाउछ भन्नेमा म बिश्वस्त छु। मेरो देश बनाउने त्यो कठिन यात्रा तय गर्ने मैले देखेको एक अथक योद्धा नेकपा एमालेका अध्यक्ष के पि ओलि हुन। त्यसैले पुर्ण सुझबुझका साथ म देश बनाउने यो कठिन यात्रामा नेकपा एमाले, के पि ओलि र महेश बस्नेतको साथमा छु ।

