साउन,३२-भक्तपुर
काठमाडौं महानगरपालिकाले २०८० साउन २० गते सञ्चालन भएको छात्रवृत्ति परीक्षाको अन्तिम योग्यता क्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन सिफारिस गरि सकिएको छ ।
महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्न महानगरपालिकाबाट छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरुले शिक्षण संस्थामा कुनै पनि शुल्क बुझाउनु नपर्ने जनाएको छ ।
‘कतिपय शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनका लागि छनोट भएका विद्यार्थीबाट भर्ना शुल्क माग गरेको भन्ने गुनासोप्रति काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गरेको छ, महानगरले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ– ‘छात्रवृत्ति भन्नाले कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याव, पुस्तकालयवापत शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था भन्ने सम्झनु पर्दछ ।’
यदि कुनै शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनको लागि आउने विद्यार्थीबाट त्यस्ता कुनै शुल्क मागेमा केही नम्बरमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।
महानगरले काठमाडौं महानगरको निःशुल्क टेलिफोन नं। १६६००१०५५११, सस्मित पोखरेल (९८४००७१५५५) तथा नेत्रनारायण पौडेल (९८५११९९९४५) लाई सम्पर्क गर्न सकिने जनाएको छ ।

