Prithvi Post

भदौ-०७

देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि अहिले पानी परिरहेको छ । आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अहिले मुग्लिन–नारायणगढ सडक खण्डमा गाडी चलिरहेका छन् ।
यातायात आवागमनमा कुनै अवरोध नरहेको तर पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0