Prithvi Post

शेयर बजारमा गयो पहिरो

ByPrithvi Post

२०८० भाद्र ७, बिहीबार

भदौ-०७,भक्तपुर
कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो।

बिहीबार नेप्से ३१।५२ अंकले घटेर २०१३।९३ विन्दुमा छ भने सेन्सेटिभ परिसूचक ४।७२ अंकले घटेर ३८५।५६ विन्दुमा झरेको छ।

यसदिन २७५ कम्पनीका ४६ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाखको कारोबार भयो।

कारोबारमा सबैभन्दा बढी होटल सोल्टी र दोस्रो स्थानमा घोराही सिमेन्ट छन्। यी दुवैले क्रमशः ७ करोड ८७ लाख र ६ करोड ९४ लाखको कारोबार गरे।

कुथेली बुखारी लघु जलविद्युत्को शेयरमा बिहीबार सर्किट लाग्यो।

कारोबार उपसूचक समूहहरू सबै राताम्मे भएका छन्। सबैभन्दा बढी फाइनान्स समूह २।९२ प्रतिशतले घट्यो। बजार घट्दा कारोबार रकममा समे कमी आयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0