०८भदौ
तस्विरमा नासाको जेम्स वेब टेलिस्कोपले (JWST ) खिचेको हाम्रो सूर्य जस्तै एउटा तारामा विस्फोट हुँदा निस्केको ग्यास र धुलोको बादलबाट बनेको आकृतिको अदभूत दृश्य हो।
जसलाई हामी उत्तरी रिङ नेबुलाको ( Northern Ring Nebula ) भनेर चिन्ने गर्छौ । । यो नेबुला हाम्रो पृथ्वी देखि २००० प्रकाश वर्ष टाढा लायरा नक्षत्रमा (constellation lyra ) अवस्थित छ ।
यो रिङ नेबुला, एक प्रकारको ग्रहीय नेबुला( planetary nebula)हो।यसको उत्पत्ति करिब ७ हजार वर्ष अगाडि हाम्रो सूर्य जस्तो एउटा ताराको जीवनको अन्तिम समयमा विस्फोट भैसके पछि बचेको अवशेष बाट भएको हो । यो नेबुलाको केन्द्रमा रहेको सानो सबिन्दु त्यो प्राचीन ताराको कोर हो ।
यो नेबुलाले हाम्रो सूर्यको भविष्य कस्तो हुनेछ भनेर पनि जनाउँछ।
साथीहरू हामी यो सुन्दर नेबुलालाई भदौ मैना भरि एउटा साधारण टेलिस्कोपको मद्दतले पनि अवलोकन गर्न सक्छौं । स्रोत: NASA, ESA, JWST .

