Prithvi Post

काठमाडौं, भदौ १२ गते, बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा हिजो दुई जनाको बयान पुरा भएको हो ।

१३ नम्बर इजलासमा शिवजी भट्टराई र रुद्र प्रसाद श्रेष्ठको बयान पुरा भएको छ । काठमाडौँ –४ को तत्कालीन वडा सचिव हुँदा शिवजी भट्टराई कागजात किर्तेमा संलग्न भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । उनी असार १७ मा पक्राउ परेका थिए । ललितपुर महानगरपालिका–१५ स्थित खुमलहाइट बस्ने रुद्र प्रसाद श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक हुन् ।

प्रहरीले उनलाई असार २६ मा पक्रेर ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरेको थियो । सरकारी वकिल कार्यालयले ‘संगठित’ कसुरलाई बाहेक गरेर किर्ते मुद्दा मात्रै अदालतमा दर्ता समेत गरेको छ । आज ३ जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौँका एक जना अधिकृतले जानकारि दिए । ती अधिकृतका अनुसार बालकृष्ण श्रेष्ठ, कलाधार देउजा र मीन बहादुर गुरुङको बयान लिने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0