Prithvi Post

आश्र्विन-०९

यदि कोही मानिस निद्रामा एकदमै धेरै कुरा गर्छ भने उसलाई पैरोसोमनिया नामको स्लीप डिसअर्डरको शिकार भएको हुन सक्छ । निद्रामा कुरा गर्नुको पछाडि धेरै कारणहरु हुन्छन् जसलाई हामिले जान्न जरुरी छ ।

लक्षण

यस विमारीमा पहिलो लक्षण यही हो कि निद्रामा कुरा गर्ने व्यक्तिलाई दिउँसोको समयमा एकदमै धेरै निद्रा लाग्ने गर्छ । त्यस्ता व्यक्तिलाई स्वास लिन पनि समस्या र सुत्नेबेला चल्ने जस्ता समस्याहरु महसुस हुन्छन् ।

कसलाई धेरै खतरा? कुनै पनि उमेरमा जसलाई पनि यस्तो समस्या हुन सक्छ । यस्तो समस्या रक्सी पिउने, तनावमा रहने तथा मानसिक समस्या भएका व्यक्तिलाई धेरै हुने गरेको अनुशन्धानले बताएको छ ।

ध्यान राख्ने पर्ने कुरा

त्यसो त निद्रामा कुरा गर्ने समस्याको कुनै पनि उपचार विधि अहिलेसम्म पाइएको छैन । तर यसलाई नियन्त्रण भने जरुर गर्न सकिन्छ । मिडिया रिपोर्टहरुअनुसार मानिसले रातमा पर्याप्त निद्रा लिने, रातको समयमा भारी भोजन नगर्ने, रक्सीको सेवन गर्ने, चिन्ता तनाव नलिने आदि गर्दा यस्तो समस्या कम हुन सक्छ ।

तनाव

धेरैपटक तनावको कारणले पनि मानिस निद्रामा बोल्ने गर्दछ । यदी तपाईंलाई धेरै नै तनाव भइरहेको छ भने ध्यान तथा योगहरु गर्नुहोस् । जसले तनाव कम हुन्छ र निद्रामा बोल्ने समस्या पनि कम हुन्छ ।
क्याफिन कम

यदी तपाईंलाई निद्रामा बरबराउने बानी छ भने क्याफिन तथा चियाको मात्रा पनि कम गर्नु पर्दछ । यस्तो व्यक्तिले रातको समयमा क्याफिन भएको चिजहरुको सेवन गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0