Prithvi Post

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज गरेको कार्यमा सफलता मिल्नेछ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्ने योग रहेको छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, आफन्तबाट सहयोग चैं मिल्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्नु । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुने देखिएको छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0