Prithvi Post

सुरेश तिमल्सिना 

काठमाडौं, हास्य टेलिसिरियल “सक्किगोनी ” का निर्देशक तथा कलाकार कुमार कट्टेल “जिग्री” ले आफ्नो दाई भाउजुको १५ औं वैवाहिक बर्षगाँठको उपलक्ष्यमा “भगवान कसम” बोलको गित कोसेली स्वरुप सार्वजनिक गरेकाछन् ।

धुर्मुस सुन्तलीको अभिनय रहेको उक्त गितमा स्वर कुमार कट्टेल “जिग्री” र अनु चौधरीको रहेको छ भने उक्त गितका गितकार दिनेश थपलिया हुन् । साथै गितमा अर्जुन पोख्रेलले संगीत भरेका हुन् । जनकपुरमा सुटिङ भएको उक्त गितमा सक्किगोनिका कलाकार दिपक आचार्य “काकु” ले निर्देशन गरेका थिए । जिग्रीको साङ्गितिक यात्रामा यो तेस्रो कोसेली हो । उनको आवाजमा यो भन्दा अगावै “मन्जरी ” र ” मायाले जीवन सजाउ ” बोलको गित समेत सार्वजनिक भईसकेको छ ।

भिडियो सहित : https://youtu.be/9qzY_V2ynMM?si=hz2iycFlO4brmCkk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0