भारत भ्रमणमा रहेको नेपालले बुधबार भारतको गुजरात स्टेट टिमलाई ८ रनले हराएको छ । भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कप त्रिकाेणीय प्रतियोगिताको तेस्रो खेलमा नेपालले गुजरातलाई दोस्रोपटक हराएको हो । १८२ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रनमा रोकिएको हो ।
नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । ओपनर आसिफ शेखले ५१ बलमा सर्वाधिक ८५ रन र कुशल भुर्तेलले ४४ बलमा ६७ रनमा भएका थिए ।
नेपालले अब शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

