Prithvi Post

गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सव अवसरमा शनिबार ७ जना स्रष्टालाई सम्मान गरेको छ ।

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने र गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई जनही १ लाखसहित सम्मान गरिएको हो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा ५० हजारसहित सम्मानित भइन् ।

गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित भए । उनीहरुलाई २५ हजारसहित सम्मान गरिएको प्रतिष्ठान कुलपति सूर्य खड्का बिखर्चीले बताए ।

समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलगायतले उनीहरुलाई सम्मान गरेका हुन् । प्रतिष्ठान उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठित छनोट समितिले स्रष्टा छनोट गरेको थियो । प्रतिष्ठान परिसरमा निर्मित स्रष्टा स्मृति पार्क शनिबार नै मुख्यमन्त्री अधिकारीले उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0