Prithvi Post

काठमाडौँ,असार १७ गते, रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सन्तोष अधिकारी नियुक्त भएका छन् । त्यसैगरि अध्यक्षमा भने कुबेरमणि नेपाल नियुक्त गरिएको छ ।

असार १४ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको सम्पन्न बैठकले प्रबन्ध निर्देशकमा अधिकारीलाई नियुक्त गरिएको छ । सन्तोष अधिकारी एक सफल र चर्चित चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । उर्जा क्षेत्रमा अधिकारीको एक दशक भन्दा लामो अनुभव छ ।

जलविद्युत् परियोजनाको विकास तथा सञ्चालनको उद्देश्य लिई सन् २००० मा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी स्थापना भएको हो । यो कम्पनी अरुणभ्याली हाइड्रोपावर कम्पनी अन्तर्गत विकास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0