सिन्धुलीमा भर्खर बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए । वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका-४ मा बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो, एसपी काफ्लेले भने,म अहिले घटनास्थलमै छु। घाइतेको उद्धारको काम चलिरहेको छ ।
उनले मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

